३.८७ अंक बढ्यो नेप्से, ४३ करोडको कारोबार


  • Shangrila Dev Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
३.८७ अंक बढ्यो नेप्से, ४३ करोडको कारोबार

भदौ १८, काठमाडौं  । बुधवार नेप्से परिसूचक ३ दशमलव ८७ अंक बढेर १ हजार १९४ दशमलव ७७ विन्दुमा बन्द भएको छ । 

१ हजार १९२ दशमलव २२ विन्दुबाट शुरु भएको परिसूचक कारोबार पहिलो घण्टामा घटेर १ हजार १८३ दशमलव ४० विन्दु सम्म पुगेको थियो ।

सो पश्चात उकालो लागेको बजार कारोबारको तेस्रो घण्टाको अवधिमा १ हजार १९८ दशमलव ४८ को विन्दुमा पुगेको थियो । अनन्त कारोबार अवधिभर नेप्से परिसूचक गत कारोबार दिनको तुलनामा शून्य दशमलव ३२ प्रतिशत बढेर बन्द भएको छ । 

यस दिन कारोबारमा आएका ११ समूहमध्ये वित्त, उत्पादन तथा प्रशोधन र ‘अन्य’ समूहको परिसूचक बाहेक बाँकी सबै समूहको परिसूचक बढेर बन्द हुदाँ समग्र नेप्से परिसूचकमा सुधार देखिएको छ । 

यस दिनको कारोबारमा म्युचुअल फन्ड समूहको परिसूचक सर्वाधिक शून्य दशमलव ९९ प्रतिशत बढेर बन्द भएको छ भने बैंकिङ समूहको परिसूचक शून्य दशमलव ५६ प्रतिशतले बढेको छ ।

यस्तै, घटेर बन्द हुनेमा उत्पादन तथा प्रशोधन समूहको परिसूचक शून्य दशमलव ७८ प्रतिशत र वित्त समूहको परिसूचक शून्य दशमलव ६२ प्रतिशत घटेको छ । 

बुधवारको कारोबार

...

Read More
  • MBL - below news