नेपालको पूँजी बजारमा गैरआवासीय नेपाली (एनआरएन) समेतलाई भित्र्याएर बजार विस्तार गर्नुपर्ने चर्को आवाज उठिरहेको बेला उनीहरु शेयर बजारमा प्रबेश गरी लाभ हुने काम गरे २५ प्रतिशत चर्को कर लाग्ने ब्यवस्था सरकारले गरेर उनीहरुलाई आउने बाटो बन्द गरिएको छ ।
अर्थमन्त्री डा. युवराज खतिवडाले प्रस्तुत गरेको आर्थिक बिधेयक २०७५ मार्फत ब्यवस्था गरेको प्रावधानलाई आर्थिक विधेयक २०७६ ले पनि निरन्तरता दिएपछि गैरआवासीय नेपालीलाई २५ प्रतिशत पूँजीगत लाभकर लागेको हो ।
आयकर ऐन २०५८ को दफा ९५ को (क) २ मा आर्थिक ऐन २०७५ मार्फत संशोधन गरी सुचिकृत कम्पनीको शेयरमा लगानी गरी लाभ हासिल गर्ने बासिन्दा प्राकृतिक ब्यक्तिलाई लाभको साढे सात प्रतिशत, निकाय वा कम्पनीलाई लाभको १० प्रतिशत र अन्यलाई २५ प्रतिशत अग्रिम पूँजीगत लाभकर लाग्ने ब्यवस्था गरिएको थियो ।
हेर्नुहोस् आर्थिक ऐन २०७५ को यो ब्यवस्थाः

अर्थमन्त्री खतिवडाले ५० प्रतिशत पूँजीगत लाभकर बढाउने अघिल्लो ब्यवस्थाको चर्को आलोचना खेप्न नसकी आर्थिक ऐन २०७६ मा संशोधनमार्फत बासिन्दा प्राकृतिक ब्यक्तिलाई लाग्ने पूँजीगत लाभकर साढे सात प्रतिशतबाट घटाई पाँच प्रतिशत कायम गरे पनि अन्य ब्यवस्था परिवर्तन गरेनन् ।
हेर्नुहोस् आर्थिक ऐन २०७६ ले गरेको नयाँ ब्यवस्थाः
...







