शेयर बजारमा संकट आएर आपुर्ति बढी माग पक्ष कमजोर बनेको बेला मेरोलगानी डटकमले शेयरको माग पक्षलाई कसरी बलियो बनाउन सकिन्छ भन्ने बारेमा केही विश्लेषक र विज्ञहरुसँग कुराकानी गरेको छ। प्रस्तुत छ त्यही कुराकानीकोे सार संक्षेप:-
- अनल राज भट्टराई, पूर्व बैंकर
नेपालीहरुले कि त बैंकमा,कि घर जग्गामा, कि त सुनमा लगानी गर्न पर्यो होईन भने उत्पादन र उत्पादन क्षेत्रसँग सम्बन्धीत भएको शेयर बजारमा लगानी गर्न पर्यो । अर्थतन्त्रलाई विकाश तर्फ लैजाने उत्पादन क्षेत्र र पूँजी बजार नै हो । यसमा पूँजी बजारमा सप्लाई र डिमान्ड भन्दा पनि धेरै नकारात्मक कुराहरुले प्रभाव पारेको देखिन्छ ।
पहिलो पूँजीगत लाभकारको विषयले दुई वर्ष देखि लगानीकर्तामा अन्योलको वातावरण र्सिजना गर्यो र भारित औसत गणना विधि एक प्रकारको प्रयोगात्मक परिक्षा जस्तो धेरै दिन ग¥यौ ।







