अहिले लाभांश बुक गर्ने बेलामा साना लगानीकर्ताले धैर्यता राख्नुपर्ने


  • Shangrila Dev Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
अहिले लाभांश बुक गर्ने बेलामा साना लगानीकर्ताले धैर्यता राख्नुपर्ने

काठमाडौ । नेपाल धितोपत्र बोर्ड (नेप्से) मा सूचीकृत कम्पनीले धमाधम लाभांशको प्रस्ताव गर्न थालेका छन् ।  कम्पनीले बितरण गर्ने लाभांश बुक गर्नतिर लाग्दा शेयर बजारमा उछाल आएको हो । बुधबार नेप्से करिब २१ अंकले बढनुलाई यही कारणको रुपमा लिएका छन् ।  पुँजीगत लाभकर गणनाविधिको समस्या समाधानतिर गएको र बैंकको नाफा खुम्चिने गरी राष्ट्र बैंकले ल्याएको नीतिमा परिवर्तन गर्ने संकेत देखिएपछि पनि शेयर बजार उकालो लाग्न पुगेको हो । एकातिर लाभांश धमाधम घोषणा गर्न थाल्नु अर्कोतिर नीतिगत तहमा देखिएका समस्या समाधान हुने संकेत मिलेसँगै शेयर बजारमा सुधार देखिएको ब्रोकरको भनाइ छ ।

साना लगानीकर्ता शेयर बजार ओरालो लागेपछि डराएर बिक्री गरिरहेका बेला ठूला लगानीकर्ता भने पैसाको जोहो गरेर शेयर खरिद गर्न थालेका छन् । शेयर बेचर पैसा निकाल्नुभन्दा अन्य स्रोत खोजेर लगानी गर्दा फाइदा हुने सम्भावना देखेपछि उनीहरु यसो गर्न थालेका हुन् ।साना लगानीकर्ता निराश भएको बेला ठूला लगानीकर्ताहरुले सम्भावना देखेर छानीछानी बढी लाभांश घोषणा गरेका र घोषणा गर्न सक्ने कम्पनीको शेयर उठाउँदै छन् । राम्रा कम्पनीको शेयर धितोमा राखेर कर्जा प्रवाह गर्न पाउँदा पाउँदै बैंकहरु पनि खुशी छन् ।

अहिले पुँजी बजार मापक नेप्से १२ सय अंकभन्दा केही तल छ । १८८१ अंक नजिक पुगेको नेप्से करिब ७ सय अंक तल आउनुलाई ठूला लगानीकर्ताहरुले अवसरको रुपमा लिइएको छन् । नीतिगत रुपमा केही परिवर्तन आउन साथ बजार अझै बढने अपेक्षा ठूला लगानीकर्ताको छ । अहिले पनि उच्च लाभांश दिन सक्ने कम्पनीको शेयर मूल्य पनि ३–४ सय रुपैयाँ छ । यतिबेला किनेको शेयर केही बढे पनि नाफा आर्जन गर्न सकिने विश्लेषण लगानीकर्ताले गर्दै आएका छन् । त्यसमा पनि सूचीकृत कम्पनीले यो वर्ष वितरण गर्ने लाभांश हात पार्न सकिने अपेक्षा उनीहरुको छ ।

Read More
  • MBL - below news