म्युचुअल फन्डहरुको अवस्था कस्तो छ, सेयर बजार र बैंकमा लगानी कति ? हेर्नुहोस्


  • Shangrila Dev Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
म्युचुअल फन्डहरुको अवस्था कस्तो छ, सेयर बजार र बैंकमा लगानी कति ? हेर्नुहोस्

काठमाडौं : बजारमा सञ्चालित अधिकांश म्युचुअल फन्डको प्रतिइकाई खुद सम्पति मूल्य (न्याभ) साउन महिनामा घटेको छ । साउनमा पुँजी बजार घटेकाले पनि त्यसको प्रत्यक्ष प्रभाव म्युचुअल फन्डहरुमा परेको हो । म्युचुअल फन्डले संकलन गरेको अधिकांश रकम सेयर बजारमा लगानी गरेका हुन्छन् । लगानी गरेका कम्पनीको सेयर भाउ घट्दा त्यसको नकारात्मक प्रभाव न्याभमा पर्ने गर्छ । म्युचुअल फन्डहरुले सेयर बजारमा लगानी गर्नैपर्छ ।

आइपीओ, एफपीओ तथा दोस्रो बजारबाट समेत उनीहरुले लगानी गरिरहेका हुन्छन् । ऋणपत्रमा पनि लगानी गर्न छुट्याइएको हुन्छ । यसबाहेक फन्डहरुले निश्चित प्रतिशत रकम बैंक निक्षेपमा पनि राखेका हुन्छन् । लगानी विविधीकरण गरी इकाइधनीलाई सकेसम्म अधिकतम प्रतिफल दिने यस्ता फन्डहरुले प्रयास गरेका हुन्छन् । म्युचअल फन्डका योजनाहरुलाई सेयर बजारमा लगानी गर्नुको सट्टा बैंक निक्षेपमा पैसा थुपारेर बस्ने गरेको आरोप पनि लाग्ने गरेको छ ।

बैंक निक्षेपबाट ब्याज पाइने र सोही ब्याजबाट मुनाफा प्रतिफलका रुपमा बाँड्ने सजिलो तरिका अपनाउन खोज्ने प्रवृत्ति पनि हावी छ । विशेष गरी बजार घटेका बेला उनीहरुले अधिकतम लगानी गरेर नेप्से माथि लैजान सहयोग गर्ने आम लगानीकर्ताले अपेक्षा गरेका हुन्छन् । यही भएरै फन्डहरुलाई आइपीओ लगायतका सेयरमा आरक्षण दिइएको छ । कर छुट दिइएको हो । तर कतिपय फन्डहरुले अहिले पनि सेयरमा भन्दा बैंकमै पैसा थुपारेर बसेको देखिन्छ । 

दुई दर्जनको खुद सम्पति मूल्य घट्यो

...

Read More
  • MBL - below news