स्पर्श लघुवित्त वित्तीय संस्थाको १३ % बोनस दिने घोषणा, कर तिर्न रकम पनि दिने


  • Laxmi Sunrise Bank Ad
  • Prabhu Bank Limited (PRVU)
स्पर्श लघुवित्त वित्तीय संस्थाको १३ % बोनस दिने घोषणा, कर तिर्न रकम पनि दिने

भदौ १७,काठमाडौं । स्पर्श लघुवित्त वित्तीय संस्थाले गत आवको  मुनाफाबाट शेयरधनीलाई १३ प्रतिशत बोनस दिने घोषणा गरेको छ । 

साथै कम्पनीले बोनसमा लाग्ने कर प्रयोजनका लागि नगद लाभांश समेत दिने घोषणा गरेको छ ।

उक्त कम्पनीको भदौ १६ गते सम्पन्न सञ्चालक समितिको ५० औं बैठकले चुक्तापूँजी रू.८ करोड २९ लाख ६३ हजारको १३ प्रतिशत अर्थात् रू.१ करोड ७ लाख ८५ हजार १९० बराबरको बोनस शेयर र बोनसमा लाग्ने करका लागि शून्य दशमलव ६८ प्रतिशत नगद लाभांश घोषणा गरेको हो ।

Read More
  • MBL