शेयर बजारमा सूचीकृत कम्पनीहरुको शेयरमूल्य लगातार घट्न थालेपछि शेयर धितो राखेर ऋण लिई शेयर बजारमा लगानी गरेका लगानीकर्तालाई बैंकहरुबाट मार्जिन कल आउने सम्भावना बढेको छ।
बैंक तथा वित्तीय संस्थाहरुमा आफुसँग भएको शेयर धितोमा राखेर ऋण लिई शेयर बजारमा लगानी गरिरहेका ठूला लगानीकर्तालाई नेप्सेमा आएको पछिल्लो गिरावटका कारण मार्जिन कल आउने सम्भवना बढेको हो।
हाल २० प्रतिशतभन्दा बढी मूल्य घटेपछि बैंकहरुले लगानीकर्तालाई मार्जिन कल गरेर कि पैसा थप्न कि त शेयर थप्न भन्ने गर्दछन्।
केही हप्ता यता नेप्से सूचकसँगै सूचीकृत कम्पनीहरुको शेयरको मूल्य घट्दा शेयरको मूल्याङ्कन कम हुन गई मार्जिन कल गर्न बैंकहरु बाध्य हुने स्थिति बनेको हो।
भाद्र १ गते १२२४ बिन्दुमा खुलेको नेप्से सूचक पछिल्लो १६ दिनमा मात्रै करिब ५४ अंकले ओरालो लागिसकेको छ।







