यसरी फसे गायक ढकाल


  • Laxmi Sunrise Bank Ad
  • Prabhu Bank Limited (PRVU)
यसरी फसे गायक ढकाल

एकातिर घर व्यवहार चलाउन गाह्रो, अर्कोतिर लिलामीको सूचना । आफन्त र चिनजानका व्यक्तिहरुको हैरानलाग्दो जिज्ञासा । रामकृष्ण यसलाई बिर्सन खोज्छन् तर सहकारी संस्थाले कोट्याएर सम्झाइरहन्छ ।

- कृष्ण ज्ञवाली

(काठमाडौं) - गायक रामकृष्ण ढकाललाई ‘लालीगुराँस’ शब्ददेखि विरक्त लागेर आउँछ । लालीगुराँस शब्द जोडिएको गीत गाउन ‘अफर’ आउँदा रुचि जाग्दैन, अरूलाई नै सिफारिस गर्छन् । यसको कारण हो, लालीगुराँस नामधारी सहकारी संस्थाबाट ऋण लिएपछि पाएको हैरानी । ऋणका कारण उनको घरजग्गा मात्र लिलाम भएको छैन, सहकारीले आफ्नो बदनाम गर्न खोजेको उनको बुझाइ छ । 
पछिल्लो समय रामकृष्ण र लालीगुराँस सहकारीबीच आरोप प्रत्यारोप चलिरहेको छ । यो विवादको चुरो सुरु हुन्छ, एक दशकअघि ।


गायक रामकृष्ण ढकाल लाजिम्पाटस्थित र्‍याडिसन होटल पछाडिपट्टि बस्थे । उनलाई बंगलो खालको घर लिने रहर भयो । अनि ललितपुरको हात्तीगौंडास्थित कोलोनीमा सरे । एक त अलि टाढा, त्यसमाथि अलि ठूलो घर । डेढ/दुई वर्षमै उनको रहर पुग्यो । कोलोनीको घर भाडामा दिएर हामी कतै भाडामा बस्ने परिवारमा सल्लाह भयो । घरबाट महिनाको करिब ५०/६० हजार रुपैयाँ भाडा आउने अनुमान थियो । कतै फ्ल्याट लिएर बस्दा आधा रकम पर्याप्त हुने अनि करिब आधा रकम जोगिने उनको हिसाब थियो । रामकृष्ण घरको रेखदेखका लागि त्यहाँ नजिकै बस्न चाहन्थे । तर आफन्त र नातेदार नजिक हुने भएकाले भैंसेपाटीतिर फ्ल्याट खोज्न थाले ।


ललितपुर पुल्चोकमा मुख्य कार्यालय रहेको लालीगुराँस बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडका एक जना सञ्चालकसँग रामकृष्णको चिनजान थियो । सहकारीका कार्यकारी निर्देशक सुरेन्द्र भण्डारीले उनलाई ‘ज्वाइँ साप’ भनी नाता लगाउने गर्थे । सुरेन्द्रले उनको निवासमा आएर ‘भैंसेपाटीमा घर छ, यो हाम्रो हो’ भनेर भाडामा बस्न अफर गरे । रामकृष्णको परिवार करिब ६ महिना त्यही घरमा भाडामा बस्यो । एक दिन सुरेन्द्र घर मिलाइदिने प्रस्ताव लिएर रामकृष्णकहाँ पुगे । उनी रेकर्डिङका लागि बारम्बार मुम्बई जाने आउने गरिरहेका थिए । श्रीमती नीलमले गएर घर हेरिन् । उनलाई ठीकै लागेछ । लालीगुराँसकै भण्डारीले लोन मिलाइदिने भए । ९ आनामा बनेको साढे दुई तले घर लालीगुराँसको १ करोड ८० लाख रुपैयाँ लोनसहित २०६६ फागुन ४ गते नीलमका नाममा पास भयो ।


गायक ढकालले कान्तिपुरलाई सुनाए, ‘मसँग करिब २५/३० लाख रुपैयाँ थियो । हामी मिलाइदिन्छौं भनेर उहाँ (भण्डारी) ले भन्नुभयो । मैले १ करोड ८० लाख रुपैयाँ त्यहाँबाट लिएँ । घरको मूल्य करिब २ करोड २५ लाख रुपैयाँ थियो । पास, मर्मत सम्भारमा अलिअलि खर्च भयो ।’ घर लिएपछि रामकृष्णले ऋण तिर्न थाले । करिब १७ प्रतिशत ब्याज र अन्य खर्च गर्दा मासिक करिब ३ लाख रुपैयाँ बुझाउनुपर्ने भयो । रामकृष्णलाई ऋण तिर्न हम्मे पर्न थाल्यो । ऋण र त्यसको ब्याज नतिर्दासम्म घरजग्गा फुकुवा हुँदैनथ्यो । जिल्ला अदालतको अभिलेखमा २०६८ वैशाख २९ गतेसम्म उनले ३० लाख २४ हजार बुझाएको देखिन्छ । रामकृष्ण भन्छन्, ‘दुई वर्षमा मैले ब्याजसमेत गरेर करिब ४८ लाख रुपैयाँ तिरेको छु ।’

Read More
  • MBL