शेयर कर्नरिङ गरेर कुस्त कमाउन धितोपत्र बोर्डले दियो गज्जबको अवसर !


  • Shangrila Dev Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
 शेयर कर्नरिङ गरेर कुस्त कमाउन धितोपत्र बोर्डले दियो गज्जबको अवसर !

तिलक कोइराला । 
नेपाल धितोपत्र बोर्डले नेपालको पूँजी बजारको बिकास गर्ने क्रममा केही लाख कित्ता शेयर बजारमा आईपीओको रुपमा छर्ने र त्यस्ता कम्पनीहरुको शेयरमा लगानी गरी कुस्त कमाउँने अवसर केही सिमित लगानीकर्तालाई दिएको छ ।

साना कम्पनीहरु खासगरी लघुवित्तहरुले बिक्रीमा ल्याउने दुई चार लाख कित्ता आईपीओलाई हरेक लगानीकर्तामा १० कित्ताको दरले वितरण गरी शेयर बजारमा कर्नरिङ गर्न चाहनेहरुलाई बोर्डले मौका प्रदान गरेको हो ।

कुनै लघुवित्तले दुई, तीन लाख कित्ता शेयर आईपीओको रुपमा बिक्रीमा ल्याउँदा त्यसमा आबेदन गर्ने दुई देखि तीन लाख लगानीकर्ताहरुलाई १० कित्ताको दरले वितरण गर्न खोज्दा ९० प्रतिशत आबेदकको हात खाली हुने गरेको छ । मुस्किलले २० देखि ३० हजार आबेदकको हातमा पर्ने शेयर जब सुचिकृत भएर दोस्रो बजारमा आउँछ, केही खेलाडीहरु सो शेयर खोसाखोस गर्ने गरी मूल्य बढाएर किन्छन् । कारोबार खुलेको कम्तिमा एक सातासम्म त्यस्तो लघुवित्तको शेयर दिनहुँ सर्किट लगाएर बढ्छ ।

यस्तो कृयाकलापलाई पम्प एण्ड डम्प पनि भन्ने गरिएको छ । सकेसम्म मूल्य चढाउने र माथि पुगेपछि एकैपल्ट शेयर बिक्री गरेर नाफा कमाउँने नीति नै शेयर कर्नरिङ गर्नेहरुको हुन्छ । 

Read More
  • MBL - below news