आजदेखि सेयर बजारको ल्याप्चे युगको अन्त हुँदै


  • Shangrila Dev Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
 आजदेखि सेयर बजारको ल्याप्चे युगको अन्त हुँदै

काठमाण्डौ । सीडीएससीले ब्रोकर कम्पनीको सीएनएस (क्लियरिङ एन्ड सेटलमेन्ट) सिस्टमसँग  एकीकृत गरी ल्याप्चे लगाएर स्वयम् लाभकर घोषणा गर्ने व्यवस्था अन्त र अनलाइनबाटै स्वयम् लाभकर घोषणा तथा गणना गर्न मिल्ने सिस्टम आजदेखि लञ्च गर्ने भएको छ । 

योसँगै सेयर बजारमा बहुचर्चित र विवादास्पद बनेको ल्याप्चे युगको औपचारिक अन्त हुनेछ । 

सिडिएससीका प्रमुख कार्यकारी अधिकृत देवप्रकाश गुप्ताले बिजशालासँग कुरा गर्दै ल्याप्चे युगको अन्त आजै हुने र यसका लागि सबै तयारी पूरा भएको जानकारी दिएका हुन् । 

सिडिएससीले केही समयअघिदेखि नै यो सुविधा सर्वसाधारण लगानीकर्ताका लागि लञ्च गर्न खोजे पनि डेटा माइग्रेसन र सिस्टम निर्माणसँगै देखिएका समस्याहरु पहिचान र समाधानमा समय लाग्दा केही ढिला हुन पुगेको हो ।

Read More
  • MBL - below news