यसरी ‘फेल’ भयो नेपाली बैंकबाट अर्बौ रकम चोर्ने चिनियाँ ‘ह्याकर’को योजना


  • Shangrila Dev Bank News Ad
  • Prabhu Bank
  • Himalayan Bank Limited (HBL)
  • Kamana Sewa Bikash Bank Ltd.
यसरी ‘फेल’ भयो नेपाली बैंकबाट अर्बौ रकम चोर्ने चिनियाँ ‘ह्याकर’को योजना

एटिएमबाट रकम चोर्दा चोर्दै ५ चिनियाँ नागरिक पक्राउ परेपछि नेपालमा आइटी बैंकिङ कति सुरक्षित छ भन्ने प्रश्न उठेको छ । एटिएमको पिन नम्बर ह्याक गरेर रकम झिक्ने गिरोह पक्राउ परेपछि सुरक्षाबारे प्रश्न उठ्न सुरु भएको हो । 

प्रहरीले पक्राउ गरेका ५ जना चिनियाँ नागरिक उतैबाट नेपालमा एटिएमबाट रकम चोर्ने र तत्काल फर्किने मनशायले नेपाल आएको बुझिएको जनाएको छ । प्रहरीको प्रारम्भिक अनुसन्धानबाट चीनबाट नै नेपालका एटिएमबाट रकम लुट्ने योजनाका साथा उनीहरु नेपाल आएको खुलेको छ ।

महानगरीय प्रहरी परिसर काठमाडौँका डिएसपी होविन्द्र बोगटीले ह्याकरहरु चिनबाटै नेपालका बैंकको डाटा लिएर आएको खुलेको बताए । ‘उतैबाट योजना बनाएर यो गिरोह नेपाल आएको देखिन्छ’ डिएसपी बोगटीले भने, ‘उनीहरुले चिनबाटै नेपाली बैंकको आवश्यक डाटा लिएर आएका रहेछन् । आफ्नो योजना सफल हुनासाथ चीन फर्किने मनस्थितीमा रहेको बुझिन्छ ।’ 

प्रहरीले बैंकबाट गैह्रग्राहकले रकम झिकेको सूचना शनिबार नै पाएको थियो । बैंकहरुले शनिबार बेलुका नै प्रहरीलाई एटिएमबाट पैसा झिकिएको बारे अवगत गराएका थिए । सूचना पाउनासथ अप्रेसनमा निस्किएको प्रहरीले दरबारमार्गस्थित नबिल बैंकको एटिएमबाट एक जना चिनियाँ नागरिकले झोलामा पैसा बोकेको भेट्यो र तत्काल नियन्त्रणमा लियो । 

Read More
  • MBL - below news
  • EBL Ad news