शुक्रबार मात्र नेपाल आएको थियो एटीएम ह्याकर समूह


  • Shangrila Dev Bank News Ad
  • Prabhu Bank
  • Himalayan Bank Limited (HBL)
  • Kamana Sewa Bikash Bank Ltd.
शुक्रबार मात्र नेपाल आएको थियो एटीएम ह्याकर समूह

काठमाडौं : दरबारमार्गबाट एटीएम ह्याक गरी पैसा चोर्दा चोर्दै पक्राउ परेका पाँच चिनियाँ शुक्रबार मात्र नेपाल आएको खुलेको छ। प्रहरीको प्रारम्भिक अनुसन्धानले नेपाल आएको दोस्रो दिनमै उनीहरु एटीएम ह्याक गर्न हिडेँको देखिएको छ। 

शनिबार मध्यराति नबिल बैंकको एटीएमबाट अनाधिकृत रुपमा रकम निकालेपछि प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो। चिनियाँ गिरोहले योजनाबद्ध तवरले एटिएम ह्याक गरेर पैसा लुट्ने योजना बनाएको प्रहरी अनुसन्धानबाट खुलेको महानगरीय प्रहरी परिसर टेकुका प्रमुख एसएसपी उत्तमराज सुवेदीले जानकारी दिए। प्रहरीले उनीहरुको साथबाट १ करोड २६ लाख नेपाली रुपैयाँ र ९ हजारभन्दा बढी अमेरिकी डलर बरामद गरेको सुवेदीले बताए। 

पक्राउ परेका उनीहरुलाई प्रहरी परिसर टेकुमा राखिएको छ। प्रहरीले समयमै पक्राउ नगरेको भए करोडौं रुपैयाँ बाहिर जान्थ्यो। एटीएमबाट अनधिकृत रुपमा पैसा निकाल्ने समूहविरुद्ध काठमाडौं प्रहरीले विशेष अपरेसन चलाएको थियो। सुवेदीका अनुसार आज  राजधानीका अधिकांश बैंकका एटिएम सर्बर ह्याक भएका छन्।

पक्राउ परेका उनीहरुको नाम गोप्य राखिएको छ। प्रहरीले महानगरीय प्रहरी परिसरमा २ बजे पत्रकार सम्मेलन गरेर यस विषयमा थप जानकारी दिने जनाएको छ।

Read More
  • MBL - below news
  • EBL Ad news