माछापुच्छ्रे बैंकले पठायो नेप्सेलाई जवाफ, लाभांश सम्बन्धी सूचनामा भएको के हो ?


  • Shangrila Dev Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
माछापुच्छ्रे बैंकले पठायो नेप्सेलाई जवाफ, लाभांश सम्बन्धी सूचनामा भएको के हो ?

नेपाल स्टक एक्चेन्ज नेप्सेले माछापुछ्रे बैंकले लाभांश सम्बन्धी सुचना ढिलो उपलब्ध गराएको भन्दै स्पष्टीकरण सोधेको छ। भदौ ११ गते बुधबारको  संचालक समितिको बैठकले लाभांश सम्बन्धी गरेको निर्णय बिहिबार १२ तिर मात्र जानकारी दिएको भन्दै ३ दिन भित्र जवाफ दिनपर्ने गरि नेप्सेले स्पष्टीकरण मागेको हो। 

बैंकले मूल्य संवेदनशील सूचना निर्णय हुनासाथ वा भोलिपल्ट नै कारोबार सुरु हुनु भन्दा अगाडी नेप्सेलाई उपलब्ध गराउनु पर्ने व्यवस्था बिपरितको काम गरेकाले स्पष्टिकरण सोधिएको नेप्सेले जनाएको छ।

यता माछापुछ्रे बैंकले भने आफुहरुले संचालक समितिले लाभांश सम्बन्धि निर्णय गरेको डेढ घण्टा भित्रै नेप्सेलाई जानकारी दिएको दाबि गरेको छ। भदौ ११ गते बुधबार बसेको संचालक समितिको बैठकले गत आर्थिक बर्षबाट १६ प्रतिशत लाभांश दिने निर्णय गरेको र निर्णय भएको डेढ घण्टा भित्रनै नेप्सेलाई जानकारी गराएको बैंकको दाबि छ। 

'४ बजे संचालक समितिको बैठक बसेको थियो, बैठक सकिए लगत्तै ५.४६ मा नै नेप्सेलाई जानकारी गराएको हो' बैंकका एक उच्च अधिकारिले भने, '५ बजेर ४८ मिनेट जाँदा नेप्सेको सिस्टममा जानकारी अपलोड गरेका थियौं, दोस्रो दिन बिहिबार ११ बजेर ३३ मिनेट जाँदा नेप्सेलाई चिठी पठाएको हो'। 

Read More
  • MBL - below news