२९ करोडको संस्थापक सेयर किनबेच


  • Shangrila Dev Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
२९ करोडको संस्थापक सेयर किनबेच

काठमाडौँ — यो साता सेयर बजारमा २९ करोड रुपैयाँ बराबरको संस्थापक सेयरको कारोबार भएको छ । यो कुल साप्ताहिक कारोबारको करिब १८ प्रतिशत हो । यो साता १२ लाख ४६ हजार कित्ता सेयर किनबेच भए । 

यो साता सेयर बजारमा कुल १ अर्ब ६२ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । गत साताको भन्दा कारोबार रकम करिब ५ प्रतिशतले बढी हो । गत साता १ अर्ब ५४ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको थियो ।

गत जेठसम्म नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा २ सय १३ कम्पनी सूचीकृत छन् । तीमध्ये जलविद्युत् समूहका मात्र ३२ कम्पनी छन् । पछिल्ला दिनमा जलविद्युत् कम्पनी सूचीकृत हुने क्रम तीव्र छ । कुल कारोबारमा संस्थापक सेयर समूहको हिस्सा बढेसँगै बैंकिङ र बिमा समूहको बजार अंश केही घटेको छ । साप्ताहिक कारोबारमा बैंकिङ समूहको हिस्सा करिब साढे ४३ प्रतिशत छ । सामान्य अवस्थामा साप्ताहिक कारोबारमा यो समूहको हिस्सा करिब ५० देखि ५२ प्रतिशतसम्म रहँदै आएको थियो । करिब एक महिनाअघि बजारमा बैंकिङ समूहको कारोबार हिस्सा बढेर ६५ प्रतिशत माथि पुगेको थियो । त्यसपछि बैंकिङ समूहको हिस्सा बिस्तारै कम हुँदै गयो । यही क्रममा यो साता साढे ४३ प्रतिशतमा झरेको हो ।

Read More
  • MBL - below news