लक्ष्मी क्यापिटलको व्यवस्थापनमा रहेका लक्ष्मी इक्विटी फन्ड र लक्ष्मी भ्यालु फन्ड दुवैको साउन मसान्तसम्म प्रतिइकाई खुद सम्पति मूल्य घटेको छ । इक्विटी फन्डको प्रतिइकाई खुद सम्पति साउन मसान्तमा २८ पैसाले घटेर ८ रुपैयाँ ९२ पैसा कायम भएको छ । अघिल्लो महिना यो फन्डको प्रतिइकाई खुद मूल्य ९ रुपैयाँ २० पैसा थियो ।
लक्ष्मी इक्विटी फन्डको सूचीकृत सेयरमा लगानी भने ३० लाख ८८ हजार रुपैयाँले बढेर ८७ करोड ५१ लाख ८१ हजार रुपैयाँ पुगेको छ । अघिल्लो महिना सूचीकृत सेयरमा ८७ करोड २० लाख ९२ हजार रुपैयाँ लगानी रहेको थियो । फन्डले ७३ वटा सूचीकृत कम्पनीको कुल २३ लाख ११ हजार ७१८ कित्ता सेयर होल्ड गरेको छ ।
सबैभन्दा बढी साना किसान अघुवित्तको सेयरमा ३ करोड ५५ लाख १४ हजार रुपैयाँ लगानी रहेको छ । यस फन्डले मुद्दति निक्षेपमा ६ करोड रुपैयाँ जम्मा गरेको छ । बैंक मौज्दात भने १ करोड ९४ लाख ८५ हजार रुपैयाँले घटेर १६ करोड ५१ लाख १५ हजार रुपैयाँ पुर्याएको छ ।







