काठमाडौं : रु रु जलविद्युत परियोजना लिमिटेडले भदौ ३० गते १४ औं वार्षिक साधारण सभा बोलाएको छ । सभामा कम्पनीले स्थानीय र सर्वसाधारणलाई प्रिमियम भाउमा आइपीओ जारी गर्ने प्रस्ताव पेश लैजाने छ । आर्थिक वर्ष २०७५–७६ को मुनाफाबाट लाभांश वितरण गर्ने प्रस्ताव पनि पेश हुनेछ । यसैगरी, वार्षिक प्रतिवेदन र वित्तीय विवरणमा पनि छलफल हुनेछ । सभा इन्द्रेणी ब्यांकेट, नयाँ बानेश्वर काठमाडौंमा दिउँसो ३ बजे सुरु हुनेछ । आर्थिक वर्ष २०७६–७७ का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक तोक्ने एजेन्डा पनि छ ।
इक्रा नेपालले रु रु जलविद्युत परियोजनालाई ४ प्लस रेटिङ दिएको छ । ४ प्लस रेटिङले कम्पनीको समग्र वित्तीय अवस्था औसत भन्दा तल भन्ने जनाउँछ । रु रु ले ८ लाख १५ हजार ४ सय ११ कित्ता आइपीओ जारी गर्ने तयारी गरेको छ । जसमध्ये जसमा ४ लाख ७ हजार ७०५ कित्ता परियोजना प्रभावित स्थानीय बासिन्दा र ४ लाख ७ हजार ७०६ कित्ता सर्वसाधारणका लागि खुला हुनेछ । कम्पनीले स्थानीयका लागि आइपीओ ल्याउन बोर्डमा आवेदन दिइसकेको छ ।
तर आगामी साधारण सभाले प्रिमियम भाउमा आइपीओ ल्याउने भनेको छ । यसर्थ, यो प्रस्ताव पारित भएपछि कम्पनीले पुनः धितोपत्र बोर्डमा यसको जानकारी गराउनेछ । प्रिमियम भाउ राखेर स्थानीय र सर्वसाधारणका लागि आइपीओ ल्याउने सूची धितोपत्र बोर्डम आउने कम्पनीका अधिकारीको दाबी छ । कम्पनीका एक अधिकारीले स्थानीयलाई सेयर बिक्री गर्न धितोपत्र बोर्डमा दिइएको आवेदनले अहिलेलाई होल्डमा राखिएको दाबी गरे ।







