काठमाडौँ । नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीवी नेपालले सर्वोच्चको फैसलाप्रति असन्तुष्टी जनाएका छन् ।नेशनल बैंकिङ इन्स्च्यिुटले आयोजना गरेको सञ्चालक सम्मेलनको उद्घाटन गर्दै गभर्नर नेपालले राष्ट्र बैकको निर्देशन उल्टाउन केहि सचालक र सिइओहरुले हारगुहार गर्दा केन्द्रीय बैंकको निर्देशन फितलो बनाएको बताउँदै बैंकर र सञ्चालकसँग असन्तुष्टी जनाएका हुन् ।
यस्तै आफु राष्ट्र बैंकमा गभर्नरको जिम्मेवारी सम्हाल्न आउँदा कतिपय संचालकहरुको औठा चाप रहेको थियो । तर अहिले त्यस्तो छैन उनले भने 'बैंकिङ क्षेत्रमा राष्ट्र बैंकले जुन नीति ल्याउदापनि असहमती जनाउने गलत बानी छ ।' साथै सर्वसाधारणको सम्पतिमा लौरो टेकर हिड्न नसक्ने हुँदा पनि बैंक चलाउन पाउनुपर्ने सोच राख्दा बैंकिंङ क्षेत्रमा नै समस्या आएको उनले बताए ।