काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीवार नेप्से परिसूचक १ दशमलव ३३ अंक घटेर १ हजार १९६ दशमलव ४१ विन्दुमा बन्द भएको छ । यस दिन १ हजार १९८ दशमलव ४९ विन्दुबाट शुरु भएको परिसूचक कारोबारको साढे १ घण्टाको अवधिमा बढेर १ हजार २०१ दशमलव १० विन्दुसम्म पुगेको थियो । सो विन्दुपश्चात भने नेप्से बजार यसदिन निरन्तर ओरालो लाग्ने क्रममा गत दिनको तुलनामा शून्य दशमलव ११ प्रतिशत घटेर बन्द भएको छ ।
यस दिन कारोबारमा आएका १२ समूहमध्ये बैंकिङ र विकास बैंक समूह बाहेक बाँकी सबै समूहको परिसूचक घटेर बन्द हुँदा समग्र नेप्से परिसूचक घट्न पुगेको छ । विकास बैंक समूहको परिसूचक शून्य दशमलव १८ प्रतिशत बढेको छ भने बैंकिङ समूहको परिसूचक शून्य दशमलव शून्य ८ प्रतिशत बढेको छ ।
घटेर बन्द हुनेहरुमा उत्पादन तथा प्रशोधन समूहको १ दशमलव २६ प्रतिशत घटेको छ । यस्तै, ‘अन्य’ र जीवन बीमा समूहको परिसूचक १ दशमलव शून्य २ प्रतिशत घटेको छ । यस्तै व्यापार, होटल, जलविद्युत, वित्त, निर्जीवन बिमा, अन्य, लघुवित्त जीवन बीमा र म्युचुअल फन्ड समूहको परिसूचक १ प्रतिशतभन्दा कम घटेका छन् ।
बिहीवारको कारोबार







