नेपाल राष्ट्र बैंकले मर्जरमा जाने प्रतिबद्धता जनाएका बैंकलाई ताकेता शुरु गरेको छ । मौद्रिक नीतिले प्राथमिकतामा राखेको विषयमा खासै प्रगति नदेखिएपछि केन्द्रीय बैंकले ताकेता बिहीबार बाणिज्य बैंकहरुलाई पत्र पठाएको हो। स्रोतका अनुसार पत्रमा मर्जरको बिषयमा भएका प्रगति विवरण अभिलम्ब राष्ट्र बैंकसमक्ष पेस गर्न बैंकहरुलाई निर्देशन दिइएको छ । जसअनुसार अब प्रतिबद्धता जनाएका सबै (२३ वटै) बाणिज्य बैंकले केन्द्रीय बैंकमध्ये कुन बैंकले कुन बैंकसँग कुन तहमा कुरा भएको छ भन्ने बारेमा जानकारी गराउनु भनिएछ । यसबाट राष्ट्र बैंकले बिग मर्जरलाई कार्यान्वयन गरेरै छाड्ने अठोट राखेको देखिन्छ ।
राष्ट्र बैंक स्रोतका अनुसार मर्जरमा जाने प्रतिबद्धता जनाएका बैंकमा पछिल्ला दिन तत्परता देखिएको छैन । आपसमा गाभिने सहमति जनाइसकेका बैंकसमेत सो सम्झौता कार्यान्वयन गर्ने विषयमा उदासिन देखिएपछि राष्ट्र बैंकले चासो बढाएको हो । मर्ज गर्ने सहमति गरिसकेका बीचको सहमति नै टुट्ने, बैंक मर्जर शुरु नै नहुने भन्ने चर्चा व्याप्त रहेको बेला राष्ट्र बैंकले सक्रियता बढाएको छ ।