सेयर बजारको कन्त विजोग ! निराश हुँदै सेयर लगानीकर्ताहरु


  • Shangrila Dev Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
सेयर बजारको कन्त विजोग ! निराश हुँदै सेयर लगानीकर्ताहरु

बैंकिङ खबर । सेयर बजार निरन्तर ओरालो गतिमा लागेपछि लगानीकर्ता निराश बन्न थालेका छन् । विश्लेषकहरुले सेयर बजारको ओरालो गति तत्काल नरोकिने बताएपछि लगानीकर्ता मारमा परेका छन् ।

नेपालमा अधिकांले बैंक वा सहकारीबाट ऋण लिएर सेयरमा लगानी गरेका छन् । भाउ बढेपछि बेचौँला भनेर सोचेका लगानीकर्ता सेयर बजारको ओरालो गतिका कारण लगानी नै थेग्न नसक्ने अवस्थामा पुगेका छन् । विगत केही वर्षयता, सेयर लगानीकर्ताले थुप्रै सम्पत्ति गुमाएका छन् । तीन वर्षयता मात्रै १५ लाख ६० हजार सेयर लगानीकर्ताको सम्पत्ति पाँच खर्ब ५० अर्ब रुपैयाँले घटेको छ । १२ साउन २०७३ मा नेपाली सेयर बजारको आकार २० खर्ब ७१ अर्ब रुपैयाँको थियो जुन मंगलबार बजार बन्द हुँदासम्म १५ खर्ब २१ अर्बमा झरेको छ ।

सम्पत्ति खुम्चिँदै गएपछि बजारमा पैसा अभाव हुन थालेको छ । लगानीकर्ताहरुसँग लगानी गर्ने पैसा नभएको अवस्था छ । सेयरको मूल्य बढ्दा पुँजीगत लाभ लिएर जीवनस्तर उकासेका लगानीकर्ता पनि अहिले सेयको मूल्य ओरालो मात्रै लागिरहँदा संकटमा परेका छन् । ब्लु चिप भनिएका सेयरको मूल्य पनि निरन्तर घटिरहेको छ । सामान्यतया ६–८ वर्षको चक्रमा घटबढ हुने गरेको नेपाली सेयर बजारमा एक दशकयता दोस्रोपटक बियरिस देखिएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक १८८१ अंकको कीर्तिमानी स्तरबाट ओरालो लागेर अहिले ११९७.७५ अंकमा छ । यसबीच गत फागुनमा ११०० अंकमा नेप्सेले यो सिजनको न्यूनतम विन्दु तय गरेको थियो । न्युनतम विन्दुमा पुगेर पुनः फर्केको बजारले १२०० को विन्दु नाघेपछि लगानी थपिन थालेको थियो । तर, फेरि बजार ओर्लिन थालेपछि कतिपयले लगानी झिक्न थालेका छन् ।

Read More
  • MBL - below news