मुक्तिनाथ विकास बैंकको ६१ करोड मूल्यको हकप्रद खुल्यो


  • Shangrila Dev Bank News Ad
  • Prabhu Bank
  • Himalayan Bank Limited (HBL)
  • Kamana Sewa Bikash Bank Ltd.
मुक्तिनाथ विकास बैंकको ६१ करोड मूल्यको हकप्रद खुल्यो

मुक्तिनाथ विकास बैंक (MNBBL) ले आफ्नो चुक्ता पूँजी वृद्धि गर्न भदौ १२ गतेदेखि चुक्ता पूँजीको २० प्रतिशत बराबरको हकप्रद शेयर बिक्रीमा ल्याएको छ। बैंकले ६१ करोड २९ लाख ५२ हजार २५ रुपैयाँ बराबरको ६१ लाख २९ हजार ५२० कित्ता हकप्रद निष्काशन गरेको हो।

बैंकले हकप्रद बिक्री प्रयोजनका लािग २०७६ साउन ३१ गते शुक्रबार बुकक्लोज गरिसकेको छ। यसअनुसार बैंकको हकप्रद साउन ३० गते बिहीबारसम्म कायम शेयरधनीले मात्र भर्न पाउनेछन्।

भदौ १२ निष्काशन हुने बैंकको हकप्रदमा असोज १५ गतेसम्म धितोपत्र बोर्डबाट आश्वा सदस्यता प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो शेयर सफ्टवेयर मार्फत आवेदन गर्न सकिन्छ। हकप्रद शेयर निष्काशनको प्रबन्धकमा भिबोर क्यापिटल रहेको छ।

इक्रा नेपालले यस हकप्रदलाई औसत आधार जनाउने ’ग्रेड ३’ रेटिङ दिएको छ।

गत आर्थिक वर्षमा विकास बैंकहरुमा प्रथम र केही वाणिज्य बैंकभन्दा धेरै खुद मुनाफा आर्जन गरेको यस विकास बैंकले व्यवसायलाई तीब्रता दिँदै बलियो विकास बैंकको रुपमा स्थापित हुन हकप्रद जारी गरिएको जनाएको छ।

हाल ३ अर्ब ६ करोड ४७ लाख ६० हजार रुपैयाँ चुक्ता पूँजी रहेको बैंकको हकप्रद निष्काशन पश्चात विकास बैंकहरुमा सबैभन्दा धेरै ३ अर्ब ६७ करोड ७७ लाख १२ हजार रुपैयाँ पुग्नेछ।

Read More
  • MBL - below news
  • EBL Ad news
  • Laxmi Sunrise Bank Ad