नेप्से परिसूचक ओरालो लाग्नुको कारण यस्तो छ


  • Shangrila Dev Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
नेप्से परिसूचक ओरालो लाग्नुको कारण यस्तो छ

काठमाडौं । मुख्यतया तीन कारणले शेयर बजार मापक नेप्से परिसूचक १२ सय अंकभन्दा तल आइपुगेको छ । लाभकर गणना विधिमा देखिएको अन्योल नटुंगिनु, नेपाल राष्ट्र बैंकले हालै ल्याएको निर्देशिकाले बैंक तथा वित्तीय संस्थाको नाफा २५ प्रतिशतसम्म घट्न सक्ने आँकलन र शेयर धितो कर्जामा चर्को ब्याजदर लगायतका कारणले नेप्से घट्न पुगेको हो ।

नयाँ आर्थिक वर्षसँगै उकालो लाग्ने तयारीमा रहेको शेयर बजारमा लाभकर भारित औसत दरको निर्धारण कुन विधिबाट गर्ने भन्ने बिषयमा अन्योल हुँदा बजार सुस्ताएको छ । यसैगरी नेपाल बैंकर्स संघले राष्ट्र बैंकको पछिल्लो निर्देशनले औसत ब्याजदर अन्तर गणना विधिमा गरिएको आकस्मिक तथा असान्दर्भिक परिमार्जनले बैंकिङ क्षेत्रको करिब ३० अर्ब अर्थात करिब २५ प्रतिशतभन्दा बढी नाफामा संकुचन आउने निष्कर्ष निकालेको थियो । यसको प्रत्यक्ष प्रभाव बैंकिङ क्षेत्रले तिर्ने आयकर, कर्जा प्रवाह गर्न सक्ने क्षमतालगायतका कुरामा पर्ने तथा ७५ प्रतिशत शेयर बजार ओगटेको बैंक तथा वित्तीय संस्थाको शेयर मूल्यमा उल्लेख्य गिरावट आई समग्र पुँजीबजारमा नकारात्मक असर पार्ने ठहर बैकर्स संघले गरेको छ । 

त्यस्तै लगानीयोग्य रकम अभाव भन्दै ८–९ प्रतिशत ब्याजमा पाइने शेयर धितो कर्जा १४–१५ प्रतिशत पुगेपछि लगानीकर्ता क्रसित बन्न पुगेका छन् । यी र यस्तै अस्थिर नीतिका कारण शेयर बजार १२ सय अंकभन्दा तल आइपुगेको हो । नयाँ वर्षको शुरुमा ११८८.७१ बिन्दुमा रहेको नेप्से बढेर १३२० अंकसम्म पुगेको थियो । अहिले घटेर नेप्से ११९७.७५ अंकमा आइपुगेको छ । नयाँ वर्ष शुरुभएदेखि यता मात्रै पनि नेप्से करिब १२३ अंकले घटेको छ । नेप्से घट्दै गएपछि पछिल्लो समय शेयर बजारमा चलहपहल कम हुँदै गएको छ । 

Read More
  • MBL - below news