सेयरको लाभकर समस्या एक सातामा टुंगिने


  • Shangrila Dev Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
सेयरको लाभकर समस्या एक सातामा टुंगिने
  • लागत मूल्य लगानीकर्ताले नै निर्धारण गर्न पाउने
  • डिम्याट गरेर कारोबार नभएको सेयरको मूल्य १ सय रुपैयाँ मानिने 


सेयर कारोबारको क्रममा तिर्नुपर्ने पुँजीगत लाभकरको गणनाका विषयमा देखिएको समस्या टुंगिने भएको छ । सिडिएस एन्ड क्लियरिङ लिमिटेड (सिडिएससी) ले सेयर बिक्रीका क्रममा लगानीकर्ताले खरिद मूल्य थाहा नभएमा त्यस्तो सेयरको मूल्य आफैँले तोक्न सक्ने व्यवस्था मिलाइएको छ । सिडिएससीले ‘मेरो सेयर’ प्रयोग गर्ने लगानीकर्ताहरू आफैँले यस्तो मूल्य तय गर्न सक्ने व्यवस्था मिलाएको हो । 

मेरो सेयर खाता नबनाएकोहरूको हकमा सेयर ब्रोकरमार्फत ग्राहकले तोक्न सक्नेछन् । लगानीकर्ताले आफ्नो साथमा रहेको कुनै पनि कम्पनीको जतिसुकै सेयर बिक्री गर्नुपर्दा सबै सेयरको एकमुष्ठ भारित औसत लागत निकाल्नुपर्छ । भारित औसत लागत निकाल्न मेरो सेयरको अनलाइन वा एपमा गएपछि माई पर्चेज सोर्स (मेरो खरिद स्रोत) बटनमा क्लिक गर्नुपर्छ । मेरो खरिद स्रोतमा कम्पनीको नाम प्रविष्टि गर्नेबित्तिकै चार प्रकारका सेयर देखापर्नेछ ।

यसमा पहिलोपटक कागजी सेयरलाई डिम्याट (सेयरको विद्युतीय अभिलेख वा अभौतिकीकरण) गरिएको छ वा सेयर डिम्याट गरेर हालसम्म पनि कारोबार गरिएको छैन भने प्रणालीले स्वतः मूल्य तोक्नेछ । यस्तो खरिद मूल्य १ सय रुपैयाँ मानिनेछ । यस्तो सेयर पहिले दोस्रो बजार (स्टक एक्सचेन्ज) बाट किनिएको, बोनस वा हकप्रद पाएको भए पनि लागत मूल्य प्रतिकित्ता १ सय नै देखाउनेछ । 

Read More
  • MBL - below news