एक अर्ब ६० करोड रुपैयाँ बराबरको प्राथमिक शेयर (आईपीओ) सर्बसाधारणमा बिक्री गर्ने तयारीमा लागेको नेपाल पुनर्बिमा कम्पनी (NRICL)ले क्रमबद्ध प्रगति गर्दै गएको छ ।
पुनर्बीमा कम्पनी ले गत आर्थिक वर्षमा आफ्नो खुद नाफा अघिल्लो आर्थिक वर्षको तुलनामा २२ प्रतिशतले खुद नाफा वृद्धि गरेको छ भने गत खुद बीमा शुल्क झण्डै दोब्बर आर्जन गरेको छ।
को एकीकृत बित्तीय विवरण सार्वजनिक गरेको कम्पनीले जीवन र निर्जीबन दुबै व्यवसायबाट आम्दानीमा २२ प्रतिशत वृद्धि गरेको हो।
गत असार मसान्तसम्ममा कम्पनीले एक अर्ब १७ करोड ८० लाख खुद नाफा कमाएको छ। निर्जीवन बीमा व्यवसायबाट ९८ करोड ६८ लाख रुपैयाँ र जीवन बीमा व्यवसायबाट १९ करोड ११ लाख रुपैयाँ खुद नाफा कमाएको हो।
अघिल्लो आवको यसै अवधिको तुलनामा यो कम्पनीले २१ करोड १६ लाख रुपैयाँले खुद नाफा बढाएको हो। अघिल्लो आवको यसै अवधिमा कम्पनीले ९६ करोड ६४ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।
यसैगरि पुनर्बीमा कम्पनीले गत आर्थिक वर्षको चौंथो त्रैमाससम्ममा ५ अर्ब ५२ करोड ७४ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ। कम्पनीले निर्जीवन व्यवसायबाट ५ अर्ब १२ करोड रुपैयाँ र जीवन बीमा व्यवसायबाट ४० करोड ७३ लाख रुपैयाँ गरी सो बराबरको बीमा शुल्क आर्जन गरेको हो।
अघिल्लो आर्थिक वर्षको वर्षको सोही अवधिमा कम्पनीले २ अर्ब ८८ करोड १ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको थियो। समीक्षा अवधिमा कम्पनीको खुद बीमा शुल्क २ अर्ब ६४ करोड ७३ लाख रुपैयाँले बढेको हो।
- पुर्नबीमा कमिशन वापत डेढ अर्ब बाहिरियो







