नेप्सेद्वारा ब्रोकरेज लाइसेन्स दिने प्रक्रिया स्थगनप्रति बैंकर्स संघको घोर आपत्ति


  • Shangrila Dev Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
नेप्सेद्वारा ब्रोकरेज लाइसेन्स दिने प्रक्रिया स्थगनप्रति बैंकर्स संघको घोर आपत्ति

काठमाण्डौँ । नेपाल बैंकर्स संघले नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले ब्रोकरेज लाइसेन्स दिने प्रक्रिया स्थगन गरेकोमा घोर आपत्ति जनाएको छ ।

संघको आज बुधबार बसेको पूर्ण समितिको बैठकले नेप्सले बैंकहरुलाई ब्रोकरेज लाइसेन्स जारी गर्न सूचना प्रकाशन गरेपश्चात बैंकहरुले सबै प्रक्रिया अवलम्बन गरी सो सेवा प्रदान गर्न आन्तरिक तयारीसमेत सबै पूरा गरेको अवस्थामा अकस्मात ब्रोकरेज लाइसेन्स दिने प्रक्रिया स्थगन गरेकोमा आपत्ति जनाएका हुन् । संघले यस विषयमा नेप्सलाई प्रक्रिया पुर्याएर निवेदन दिएका बैंकहरुलाई तुरुन्तै ब्रोकरेज लाइसेन्स प्रदान गर्न अनुरोध गर्ने निर्णय गरेको छ ।

यसअघि संघले नेपाल राष्ट्र बैंकबाट हालै जारी गरिएको परिपत्रमार्फत औसत ब्याजदर अन्तर गणना गर्ने विधिलगायतका अन्य कुराहरुमा गरिएको परिवर्तनले गर्दा बैंकिङ क्षेत्र तथा समस्त अर्थतन्त्रमा पार्ने नकारात्मक प्रभावका बारेमा नेपाल राष्ट्र बैंकलाई लिखित रुपमा जानकारी गराएको थियो। त्यसपश्चात राष्ट्र बैंकका उच्च पदाधिकारीहरुका साथ यस विषयमा छलफल भई भएको समझदारीअनुसार उल्लेखित प्रावधानहरुमा संशोधनका लागि पुनः संघले राष्ट्र बैंकलाई अनुरोध गर्ने निर्णय गरेको थियो ।

Read More
  • MBL - below news