काठमाडौं । नेपाल राष्ट्र बैंकले मौद्रिक नीति मार्फत ल्याएको बैंक तथा वित्तीय संस्थाका सञ्चालकको उमेर तोक्ने निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको छ । मंगलबार न्यायाधीश तेजबहादुर केसीको एकल इजलासले उक्त निर्णय गरेको हो ।
गरिमा विकास बैंकका सञ्चालक भुपेन्द्रबहादुर खड्काले दायर गरेको मुद्दामा न्यायाधीश तेजबहादुर केसीको एकल इजालासले सञ्चालकको उमेर तोक्ने परिपत्र कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको हो ।