एनआइसी एशिया बैंकको लाभांश घोषणा


  • KBL News Ad
  • ADBL
  • City Express
एनआइसी एशिया बैंकको लाभांश घोषणा

एनआइसी एशिया बैंक (NICA) ले गत आर्थिक वर्ष आर्थिक वर्ष २०७५/०७६ को मुनाफाबाट शेयरधनीलाई २१.०५२६ प्रतिशत लाभांश घोषणा गरेको छ। बैंक सञ्चालक समितिको भदौ ११ गते बुधबार सम्पन्न बैठकले १० प्रतिशत बोनर र बोनसमा लाग्ने कर सहित ११.०५२६ प्रतिशत नगद लाभांश घोषणा गरेको हो।

 बैंक सञ्चालक समितिको बैठकले प्रस्ताव गरेको उक्त लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति तथा बैंकको २२ औं वार्षिक साधारण सभाले अनुमोदन गरेपश्चात मात्र शेयरधनीले पाउनेछन्।

अघिल्लो आर्थिक वर्ष २०७४/०७५ मा बैंकले १० प्रतिशत बोनस शेयर र ०.५३ प्रतिशत नगद गरि कूल १०.५३ प्रतिशत लाभांश वितरण गरेको थियो।

Read More
  • EBL Ad news