अमेरिका र फ्रान्सबीच डिजिटल करमा सहमति


  • Shangrila Dev Bank News Ad
  • Prabhu Bank
  • Himalayan Bank Limited (HBL)
  • Kamana Sewa Bikash Bank Ltd.
अमेरिका र फ्रान्सबीच डिजिटल करमा सहमति

भदौ १०, पेरिस (फ्रान्स) । फ्रान्समा ठूला प्रविधि कम्पनीहरुमाथि लगाइएको डिजिटल करबारे उत्पन्न मतभेद सल्ट्याउन अमेरिका र फ्रान्सबीच सहमति भएको छ । फ्रान्सेली राष्ट्रपति इम्यानुएल म्याक्रोंले सोमवार यस्तो बताएका हुन् । सहमति अनुसार डिजिटल करका विषयमा नयाँ अन्तरराष्ट्रिय सम्झौता हुनेवित्तिकै  फ्रान्सले आफूले लगाउँदै आएको ३ प्रतिशत डिजिटल कर हटाउने म्याक्रोंको भनाइ छ । अन्तरराष्ट्रिय सम्झौता लागू भएपछि फ्रान्सलाई तिरेको कर कम्पनीहरुलाई नै फिर्ता गरिने समेत उनले बताए । ‘द्विपक्षीय तहमा हामीले निकै धेरै काम गरेका छौं, हामीबीचको बेमेल हटाउन सहमति गरेका छौं,’ अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्ससँग बोल्दै म्याक्रोंले भने । फेसबूक, एमजन, र गूगल लगायत ३० ठूला प्रविधि कम्पनीहरुलाई लक्षित गर्दै फ्रान्सले जुलाईमा ३ प्रतिशतको डिजिटल कर पारित गरेको थियो । ‘डिजिटल गतिविधि’बाट ७५ करोड डलर वार्षिक आम्दानी गर्ने कम्पनीहरुलाई यो कर लागू गरिएको थियो । एजेन्सी

Read More
  • MBL - below news
  • EBL Ad news