बैंकिङ खबर । क्यासलेश ट्रान्ज्याक्सनको अवधारणसँगै विश्वव्यापी रुपमा नै अनलाइन सपिङको प्रचलन छ । खानादेखि तरकारी, फलफुल, कपडा लगायत हरेक कुरा अनलाइनबाटै खरिद गरिन्छ र अनलाइनबाटै पेमेन्ट गरिन्छ । नेपालमा पनि अनलाइन सपिङको प्रचलन सुरु भएको छ । यद्यपि, नेपालमा अनलाइन सपिङ कानुनविपरीत नै संचालन भइरहेका छन् । स्पष्ट कानुनी व्यवस नहुँदा जथाभावी अनलाइन सपिङ साइट खोलेर ठगी गर्ने काम भइरहेको छ ।
ठगी बढेपछि कानुन बनाइँदै
सामाजिक सञ्जाल र वेवसाइट प्रयोग गरी सञ्चालन भइरहेका अनलाइन सपिङले उपभोक्ताहरुलाई ठग्ने गरेको गुनासो आउन थालेका छन् । हालसम्म यस्ता व्यापारिक गतिविधि जसलाई मन लाग्यो उसले इन्टरनेटमार्फत वेवसाइट र समाजिक सञ्जालमार्फत सञ्चालन गर्दै आएका छन् ।








