किन आत्मबल गुमाउँदै छन् सेयर लगानीकर्ता ?


  • Shangrila Dev Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
किन आत्मबल गुमाउँदै छन् सेयर लगानीकर्ता ?

काठमाडौं : तीन वर्षयता सेयर बजारका १५ लाख ६० हजार लगानीकर्ताको सम्पत्ति ५ खर्ब ३५ अर्ब रुपैयाँले घटेको छ। १२ साउन २०७३ मा नेपाली सेयर बजारको आकार २० खर्ब ७१ अर्ब रुपैयाँको थियो जुन आइतबार बजार बन्द हुँदासम्म १५ खर्ब ३६ अर्बमा झरेको छ।

विश्लेषकले अझै एक वर्ष सेयर बजारको ओरालो गति नरोकिने बताएका छन्। यसले गर्दा सेयर लगानीकर्ता हतोत्साही हुन थालेको सेयर दलालको संस्था स्टक ब्रोकर्स एसोसिएसनका पूर्वअध्यक्ष अन्जनराज पौड्याल बताउँछन्। निरन्तर घट्दै गएको कारोबारको ग्राफले सेयरमा लगानी गर्नेलाई हैरान पारेको छ। तीन वर्षदेखि ओरालो लागेको बजारमा अब धेरै लगानीकर्ताले थेग्न नसक्ने परिस्थिति बनेको सेयर लगानीकर्ता एवं विश्लेषक प्रकाश तिवारी बताउँछन्।

‘बैंक र सहकारीबाट ऋण लिएर सेयर किनेकाले अब थेग्न सक्ने अवस्था छैन’, उनी भन्छन्, ‘कम्तीमा अबको डेढ वर्ष सेयरबजारमा पैसा हुनेले दुहूनो भैंसी छानेर किन्ने मौका पाउँछ।’ लगानीकर्ताको सम्पत्ति खुम्चिँदै जाँदा बजारमा पैसा अभाव चर्किएको उनले बताए। दुई वर्षअघि ५० लाख रुपैयाँ तत्कालै निकाल्न सक्ने मान्छेसँग अहिले ५ लाख पनि लगानी गर्ने सामथ्र्य नभएको उनले बताए।

सेयरको मूल्य बढेका कारण पुँजीगत लाभ लिएर जीवनस्तर उकासेका लगानीकर्तासमेत अहिले असहज अवस्थामा देखिएका छन्। यस्ता लगानीकर्ताले १२०० अंकमा नेप्से झरेपछि लगानी थप्ने कोसिस गरेको अहिले पुनः लगानी झिक्न थालेको ब्रोकरको भनाइ छ। बजार बढाउने प्रयासमा थपिएको लगानीले घट्दो प्रवृत्तिलाई उल्ट्याउन नसकेपछि चाँडो सेयर बेचेर ‘उम्किने’ मौका खोजिरहेका ती ब्रोकरले बताए। लगानीकर्ता तिवारी पनि बैंकिङ क्षेत्रमा देखिएको तरलता समस्याले लगानीकर्ताको मनोबल खस्किरहेको बताउँछन्। बढ्दो बजारमा एउटै सेयरलाई कैयौंपटक धितो राखेर ऋण सिर्जना गर्ने र सट्टेबाजीमार्फत भाउ बढाउने गरिन्छ। यस्तो ‘खेलो’बाट सेयर बजारमा ह्वात्तै मूल्य बढाउने गरिन्छ।

Read More
  • MBL - below news