४ अर्ब २३ करोडको ट्रेजरी बिल विक्री गर्दै राष्ट्र बैंक


  • KBL News Ad
  • ADBL
  • City Express
४ अर्ब २३ करोडको ट्रेजरी बिल विक्री गर्दै राष्ट्र बैंक

भदौ ९, काठमाडौं । नेपाल राष्ट्र बैंकले सोमवार रू. ४ अर्ब २३ करोड ३२ लाख बराबरको ट्रेजरी बिल विक्री गर्ने भएको छ । राष्ट्र बैंकले बोलकबोल प्रक्रियाबाट ९१ दिने र १ वर्षे (३६४ दिने) अवधिको ट्रेजरी बिल विक्री गर्न लागेको हो ।

राष्ट्र बैंकका अनुसार रू. २ अर्ब २३ करोड ३२ लाख बराबरको ट्रेजरी बिल ९१ दिने अवधिको लागि र रू. २ अर्ब बराबरको ट्रेजरी बिल ३६४ दिने अवधिका लागि विक्री गरिनेछ । ९१ दिने अवधिको ट्रेजरी बिल आगामी मङ्सिर १० गते परिपक्व हुनेछ भने ३६४ दिने अवधिको ट्रेजरी बिल वि.सं. २०७७ भदौ ९ गते परिपक्व हुनेछ ।

Read More
  • EBL Ad news