सेयरबजार विकास सम्बन्धमा ५८ बुँदे सुझावको २५० दिन पुरा, नेप्सेले गर्नु पर्ने कति काम सकिए ?


  • Shangrila Dev Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
सेयरबजार विकास सम्बन्धमा ५८ बुँदे सुझावको २५० दिन पुरा, नेप्सेले गर्नु पर्ने कति काम सकिए ?

मुद्रा र पूँजी बजारको समस्या पहिचान गरी समाधानको उपाय दिन अर्थमन्त्री डा. युवराज खतिवडाले गठन गरेको कार्यदलले ५८ बुँदे प्रतिवेदन बुझाएको ठ्याक्कै २५० दिन भएको छ। राष्ट्र बैंकका डेपुटी गभर्नर शिवराज श्रेष्ठको संयोजकत्वमा गठित कार्यदलले एक सातादेखि एक बर्षभित्र गर्नु पर्ने नीतिगत सुधारसहितको प्रतिवेदन दिएको थियो ।

कार्यदलले आफ्नो प्रतिवेदनको अनुसूची १ मा जिम्मेवार निकाय र समयसिमा नै तोकेर गरिनु पर्ने ५८ वटा कामहरु सुची दिएको थियो । प्रतिवेदन बुझाएको २५० भईसकेपछि हामीले कुन कुन नियामकले के कति काम गरे भन्ने विषयमा फलो अप गरेका छौ । प्रतिवेदनले दिएको समयसिमा हेर्दा हालसम्म  १ देखि ५५ सम्मका बुँदामा उल्लेख भएका कार्यहरु सकिनु पर्ने थियो । बाँकि ३ वटा बुँदाको लागि भने आगामी पुससम्मको समय तोकिएको छ ।

प्रतिवेदनले सेयरबजारको फ्रन्टलाइनर नियामकको भूमिकामा रहेको नेप्सेलाई ५ वटा कामको जिम्मेवारी दिएको थियो। तर यी ५ वटै जिम्मेवारी नेप्से आफु एक्लैले गर्ने खालको थिएनन् । नेप्सेसंगै अन्य नियामकलाई पनि उक्त जिम्मेवारी तोकिएको थियो ।

Read More
  • MBL - below news