काठमाण्डौ । आँधीखोला लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयर दोश्रो बजारमा आज सोमबारदेखि कारोबारमा आएको छ ।
नेप्सेले यो कम्पनीलाई कारोबारका लागि न्यूनतम ८७ रुपैयाँ ७२ पैसादेखि अधिकतम २६३ रुपैयाँ १६ पैसासम्म ओपनिङ्ग रेञ्ज प्रदान गरेको छ। यस्तै कारोबारका लागि एकेबिएसएल कारोबार संकेत समेत प्रदान गरेको छ ।
नेप्सेसँग कम्पनीको आइतबार सूचिकरण सम्झौता भएको थियो । सम्झौताअनुसार कम्पनीले निश्कासन गरी बाँडफाँड गरेको आइपीओसहित कुल १० लाख कित्ता सेयर नेप्सेमा सूचिकृत भएको छ।
यो कम्पनीले गत असार २२ देखि २५ गतेसम्म सर्वसाधारणका लागि ३ लाख ७५ हजार कित्ता आइपीओ निश्कासन गरेको थियो । आइपीओको बाँडफाँड असार ३० गते भएको थियो ।






