तिलक कोइराला, लाओसबाट फर्केर ।
नेपालमा सत्तामा रहेका कम्युनिष्टहरु सोच्छन् कि पूँजी बजारमा विदेशीलाई हुल्यो भने देशको सार्वभौमिकता र आर्थिक स्वतन्त्रता समाप्त भएर जान्छ । तर एशियामै एउटा यस्तो खाँटी कम्युनिष्ट देश छ, जहाँ आफ्नै नागरिकलाई जसरी नै विदेशी नागरिकलाई पनि पूँजी बजारमा लगानी गर्न सबै ढोका खुला गरी स्वागत गरिएको छ ।
थाईल्याण्ड, कम्बोडिया र भियतनामसँगै सिमा जोडिएको लाओस खाँटी कम्युनिष्ट देश हो, जहाँ विदेशी नागरिकले आफ्नो पासपोर्ट, फोटो र अन्य आबश्यक कागजातहरु पेश गरी स्टक एक्सचेन्जमा दर्ता भएर लाओ नागरिक सरह लगानी गर्न ढोका खुला गरिएको छ ।
अचम्म त त्यतिखेर लाग्यो जतिखेर लाओस स्टक एक्सचेन्ज (एलएसएक्स) को भवन अगाडि पुग्दा कम्युनिष्ट पार्टीको झण्डा फरफराईरहेको थियो तर त्यहाँको नीति नियम हेर्दा विदेशी लगानी आकर्षित गर्ने मामिलामा पूँजीबादी र अति उदारबादी देशहरुको भन्दा अगाडि रहेको पाईयो ।







