विद्युतीय गाडीका लागि बिवाइडीले काठमाडौंमा बनायो १२ वटा चार्जिङ स्टेशन


  • Shangrila Dev Bank News Ad
  • Prabhu Bank
  • Himalayan Bank Limited (HBL)
  • Kamana Sewa Bikash Bank Ltd.
विद्युतीय गाडीका लागि बिवाइडीले काठमाडौंमा बनायो १२ वटा चार्जिङ स्टेशन

विद्युतीय सवारीसाधन निर्माता कम्पनी बिवाइडीको नेपालका लागि आधिकारिक वितरक साइमेक्स इन्कले १५ वटा चार्जिङ स्टेशन बनाएको छ।

साइमेक्सले काठमाडौं उपत्यकामा १२ र बाहिर ३ गरी १५ वटा चार्जिङ स्टेशन बनाइसकेको कम्पनीका प्रोजेक्ट तथा मार्केटिङ म्यानेजर समिर श्रेष्ठले जानकारी दिए।

‘उपत्यकामा पाटन, महाराजगञ्ज, रत्नपार्क, कमलादी नक्साल थापाथली, तीनकुने, सिंहदरबार लगायत ठाउँमा र बाहिर नारायणगढ हेटौंडा र लुम्बिनीमा संचालनमा ल्याइसक्यौं,’ उनले भने।

कम्पनीले देशैसम्म नेपालभर २५ वडा चार्जिङ स्टेशन बनाइसक्ने र २०१९ भित्र त्यसको संख्या ५० पुर्याउने श्रेष्ठले जानकारी दिए।

Read More
  • MBL - below news
  • EBL Ad news