आँधीखोला लघुवित्तलाई दोश्रो बजारमा कारोबार लागि नेप्सेले सुरुवाती रेञ्ज तोकेको छ ।
नेप्सेस्थित स्रोतका अनुसार आँधीखोला लघुवित्तको सोमबारदेखि(भोलि) दोश्रो बजारमा कारोबार सुरु हुँदैछ ।
नेप्सेले यो कम्पनीलाई कारोबारका लागि न्यूनतम ८७ रुपैयाँ ७२ पैसादेखि अधिकतम २६३ रुपैयाँ १६ पैसासम्म ओपनिङ्ग रेञ्ज प्रदान गरेको छ।
यस्तै कारोबारका लागि एकेबिएसएल कारोबार संकेत समेत प्रदान गरेको छ ।
नेप्सेसँग कम्पनीको आइतबार सूचिकरण सम्झौता भएको हो । सम्झौताअनुसार कम्पनीले निश्कासन गरी बाँडफाँड गरेको आइपीओसहित कुल १० लाख कित्ता सेयर नेप्सेमा सूचिकृत भएको छ ।







