शेयर बजारमा सूचीकृत सातवटा लघुवित्त वित्तीय संस्था र छ वटा सामुहिक लगानी कोषले आर्थिक बर्ष २०७५/७६ को मूनाफाबाट लाभांश घोषण गरेका छन्। गत आर्थिक बर्षकाे मुनाफाबाट लाभांश घोषणा गर्ने म्युचुअल फण्डमध्ये सिद्धार्थ इक्वीटी फण्ड पहिलो भएको छ भने लघुवित्त कम्पनीहरुमा फस्ट माइक्रोफाइनान्स पहिलो भएको छ ।
लाभांश घोषणा गर्ने सात लघुवित्त मध्य मिर्मिरे लघुवित्तले सबैभन्दा धेरै ४५ प्रतिशत बोनश शेयर घोषणा गरेको छ भने गणपति माइक्रोपाइनान्सले सबैभन्दा थोरै ७ प्रतिशत मात्र घोषणा गरेको छ ।
लाभांश घोषणा गर्ने कम्पनीहरु
फर्स्ट माइक्रोफाइनान्स
फर्स्ट माइक्रोफाइनान्स वित्तीय संस्थाले गत आवको मुनाफाबाट शेयरधनीलाई चुक्ता पूँजीको १७ प्रतिशतले हुन आउने ११ करोड ३ लाख ४६ हजार रुपैयाँ बराबरको बोनस शेयर र बोनस शेयरमा लाग्ने कर प्रयोजनको लागि ०.८९४७ प्रतिशत नगद लाभांश गरी कूल १२ करोड २४ लाख ७० हजार रुपैयाँ लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।
बोनस पश्चात लघुवित्तको चुक्ता पूँजी ८० करोड ७ लाख ४० हजार ७४६ रुपैयाँ पुग्नेछ।







