केन्द्रीय बैंकले ४ अर्बको ट्रेजरी बिल जारी गर्ने, सोमबार बोलकबोल


  • Shangrila Dev Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
केन्द्रीय बैंकले ४ अर्बको ट्रेजरी बिल जारी गर्ने, सोमबार बोलकबोल

काठमाडौं : नेपाल राष्ट्र बैंकले ४ अर्ब २३ करोड रुपैयाँको ट्रेजरी बिल जारी गर्ने भएको छ । राष्ट्र बैंकले ९१ दिन र एक वर्ष अवधिका लागि ट्रेजरी बिल जारी गर्न लागेको हो । मंगलबार जारी हुने ट्रेजरी बिलका लागि सोमबार अपराह्न ३ बजे बोलकबोल हुनेछ । केन्द्रीय बैंकले ९१ दिनका लागि २ अर्ब २३ करोड रुपैयाँको बिल जारी गर्न लागेको छ । यो ट्रेजरी २०७६ साल मंसिर १० गते परिपक्व हुनेछ ।

 

त्यस्तै, १ वर्ष अवधिका लागि जारी हुने २ अर्ब रुपैयाँको ट्रेजरी बिल २०७७ भदौ ९ गते परिपक्क हुनेछ । यसअघि भदौ २ गते केन्द्रीय बैंकले करिब २ अर्ब रुपैयाँको ट्रेजरी बिल जारी गरेको थियो । ट्रेजरी बिल १ वा १ वर्षभन्दा कम अवधिको आन्तरिक ऋण उठाउन प्रयोग गरिने अल्पकालीन सरकारी ऋणपत्र हो ।

Read More
  • MBL - below news