स्वरोजगार लघुवित्त वित्तीय संस्थाले गर्यो २६.७५% बोनस सेयर दिने घोषणा, कर तिर्न १.४०% नगद पनि !


  • Shangrila Dev Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
 स्वरोजगार लघुवित्त वित्तीय संस्थाले गर्यो २६.७५% बोनस सेयर दिने घोषणा, कर तिर्न १.४०% नगद पनि !

 

काठमाडौं - स्वरोजगार लघुवित्त वित्तीय संस्थाले २६.७५% बोनस सेयर दिने भएको छ । कम्पनीको शुक्रबार बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७५/७६ को मुनाफाबाट २६.७५% बोनस सेयर र बोनसमा लाग्ने कर तिर्न १.४०% नगद दिने निर्णय गरेको हो । 

 

कम्पनीले ७ करोड २० लाख ९९ हजार रुपैयाँ बराबरको बोनस र ३७ लाख ९४ हजार रुपैयाँको नगद लगानीकर्तालाई वितरण गर्ने भएको छ । हाल कम्पनीको चुक्ता पुँजी २६ करोड ९५ लाख रुपैयाँ रहेको छ । बोनस वितरणपछि पुँजी ३४ करोड १६ लाख १२ हजार रुपैयाँ पुग्नेछ । 

Read More
  • MBL - below news