माोबाइल बैंकिङमा आकर्षण : एक वर्षमा साढे ३२ लाख नयाँ ग्राहक


  • Shangrila Dev Bank News Ad
  • Prabhu Bank
  • Himalayan Bank Limited (HBL)
  • Kamana Sewa Bikash Bank Ltd.
माोबाइल बैंकिङमा आकर्षण : एक वर्षमा साढे ३२ लाख नयाँ ग्राहक

काठमाडौँ — गएको एक वर्षमा मुलुकभर थप साढे ३२ लाख ग्राहकले मोबाइलमार्फत बैंकिङ सूचना लिन थालेका छन् । यो करिब ६४ प्रतिशतको वृद्धि हो । ०७५ असारमा ५० लाख ८६ हजार ग्राहकले मोबाइल बैंकिङ सुविधा लिएका थिए ।काठमाडौँ — गएको एक वर्षमा मुलुकभर थप साढे ३२ लाख ग्राहकले मोबाइलमार्फत बैंकिङ सूचना लिन थालेका छन् । यो करिब ६४ प्रतिशतको वृद्धि हो । ०७५ असारमा ५० लाख ८६ हजार ग्राहकले मोबाइल बैंकिङ सुविधा लिएका थिए ।

०७६ असारमा आइपुग्दा यो संख्या बढेर ८३ लाख ४७ हजार पुगेको राष्ट्र बैंकको तथ्यांक छ । बैंक तथा वित्तीय संस्थाको शाखा विस्तार बढेपछि खाता संख्या बढेको र त्यसले मोबाइल बैंकिङ कारोबार गर्ने ग्राहक करिब दोब्बरले बढेको जनाइएको छ ।


यो बीचमा बैंक तथा वित्तीय संस्थाका थुप्रै शाखा विस्तार भएका छन् । शाखा विस्तारले नयाँ व्यक्तिलाई बैंकिङ प्रणालीभित्र ल्याएको छ । यसकारण सो अवधिमा मोबाइल बैंकिङका प्रयोगकर्ता पनि बढेको जानकारहरू बताउँछन् । सजिलो, छिटो र आफूलाई पायक पर्ने स्थानबाटै कारोबार गर्न सकिने भएकाले मोबाइल बैंकिङका प्रयोगकर्ता उच्च दरमा बढेको राष्ट्र बैंकका प्रवक्ता लक्ष्मीप्रपन्न निरौलाले बताए । बैंक तथा वित्तीय संस्थामा आधुनिक बैंकिङ सुविधा बढेसँगै गैरबैंकिङ संस्थाले पनि भुक्तानी प्रणालीको अनुमति पाएपछि मोबाइल बैंकिङका ग्राहक तीव्र रूपले बढेको उनको भनाइ छ ।
‘यो अझै पुगेको छैन, मोबाइल बैंकिङ र इन्टरनेट बैंकिङलाई अझै व्यापक बनाउनु छ, यसका लागि विभिन्न प्रोत्साहन मुलक नीतिगत व्यवस्था गर्दै छौं ।’ मोबाइल बैंकिङ विस्तारले राष्ट्र बैंकलाई नोट छपाइ, भण्डारण, यातायातलगायत विभिन्न खर्च तथा बैंक तथा वित्तीय संस्थाको नोट व्यवस्थापन खर्च कम हुने प्रवक्ता निरौलाको दाबी छ । ‘अब सबै पसलमार्फत वित्तीय कारोबारमा संलग्न प्रयोकर्ता र सेवा प्रदायक दुवैलाई मोबाइल र इन्टरनेट बैंकिङको सञ्जालमा जोड्नुपर्छ,’उनले भने ।
सरकारको नगदरहित कारोबार नीतिलाई प्रोत्साहन गर्न पनि मोबाइल र इन्टरनेट बैंकिङलाई व्यापक र प्रभावकारी बनाउनुपर्ने विज्ञहरू बताउँछन् । यसका लागि नियामक निकायले आफ्नो नियामकीय र सुपरिवेक्षण क्षमता अभिवृद्धि गर्नुपर्छ । सरकारले र राष्ट्र बैंकले पनि सेवा प्रदायक र प्रयोगकर्तालाई विशेष खालको सुविधा प्रदान गर्नुपर्ने उनीहरूको सुझाव छ ।
पछिल्ला वर्षमा सरकारले सबै स्थानीय तहमा वाणिज्य बैंकको शाखा पुर्‍याउने नीति अवलम्बन गरेको छ । जसअनुसार गत जेठसम्म ७३२ स्थानीय तहमा वाणिज्य बैंकका शाखा पुगेका छन् । ०७५ असारमा ६ सय ३१ स्थानीय तहमा मात्र वाणिज्य बैंकका शाखा पुगेका थिए ।
गएको एक वर्षमा मुलुकभर बैंक तथा वित्तीय संस्थाको शाखा संख्या ८ हजार ५ सय ७० पुगेको छ । जसमध्ये वाणिज्य बैंकको ३ हजार ५ सय ३९, विकास बैंकको १ हजार २ सय ५०, वित्त कम्पनीको २ सय ५ र लघुवित्त वित्तीय संस्थाको ३ हजार ५ सय ७० शाखा खुलेका छन् । ०७५ जेठसम्म बैंक तथा वित्तीय संस्थाको ६ हजार ४ सय १४ शाखा सञ्चालनमा थिए ।
०७६ जेठसम्म बैंक तथा वित्तीय संस्थाको एक शाखाबाट औसतमा ३ हजार ४ सय ११ जनाले वित्तीय सेवा लिइरहेका छन् । ०७५ जेठसम्म प्रतिशाखा सेवा लिने नेपाली ४ हजार ४ सय ९३ थियो ।
सरकारले सबै नेपालीको बैंक खाता अभियान पनि सञ्चालन गरेको छ । सबै नेपालीको बैंक खाता खोल्ने अभियानलाई निरन्तरता दिइएको छ । राष्ट्र बैंकका अनुसार ०७६ वैशाखसम्म वाणिज्य बैंक, विकास बैंक र वित्त कम्पनीमा निक्षेपखाता संख्या २ करोड ७३ लाख छ । सोही अवधिमा कर्जा खाता संख्या १४ लाख ५४ हजार पुगेको छ ।

पछिल्लो १२ महिनामा मोबाइल बैंकिङका ग्राहक करिब दोब्बर भएसके पनि इन्टरनेट बैंकिङका ग्राहकको वृद्धिदर उल्लेख छैन । ‘०७५ चैतसम्म एटीएम संख्या ३ हजार १ सय ८८ छ । त्यसैगरी मोबाइल बैंकिङका ग्राहकहरूको संख्या ८३ लाख, इन्टरनेट बैंकिङका ग्राहकसंख्या ९ लाख १७ हजार, जारी भएका डेबिट कार्डको संख्या ६७ लाख ८ हजार तथा क्रेडिट कार्डको संख्या १ लाख २३ हजार पुगेको छ,’राष्ट्र बैंकको मासिक तथ्यांकमाउल्लेख छ ।

Read More
  • MBL - below news
  • EBL Ad news