काठमाडौं : एनआइसी एसिया ब्यालेन्स्ड फन्डमा आवेदन दिने आइतबार (भदौ ८ गते) अन्तिम दिन हो । यसअघि निर्धारित समयमा सबै इकाई बिक्री नभएपछि दोस्रो पटक म्याद थप गरी आइतबारसम्म पुर्याइएको हो । एनआइसी एसिया क्यापिटलले साउन ८ गतेदेखि ‘एनआइसी एसिया ब्यालेन्स्ड फन्ड’ नाममा १२ करोड ५० लाख इकाई निष्कासन गरेको हो ।
यसमध्ये सर्वसाधारणले १० करोड ६२ लाख ५० हजार इकाईका लागि आवेदन दिन सक्नेछन् । यस्तै, बिज पुँजी बापत १ करोड ७५ लाख इकाई कोष प्रवद्र्धक एनआइसी एसिया बैंक र १२ लाख इकाई कोष व्यवस्थापक एनआइसी एसिया क्यापिटललाई सुरक्षित गरिएको छ ।