एभरेष्ट इन्स्योरेन्सको लिलामी शेयर किन्ने आइतबार अन्तिम दिन


  • Shangrila Dev Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
एभरेष्ट इन्स्योरेन्सको लिलामी शेयर किन्ने आइतबार अन्तिम दिन

एभरेष्ट इन्स्योरेन्स (EIC) ले लिलाम बढाबढमा बिक्रीमा ल्याएको शेयरमा शिलबन्दी बोलपत्र पेश गर्ने भदौ ८ गते आइतबार अन्तिम दिन रहेको छ। कम्पनीले साउन २९ गतेदेखि ५ लाख २९ हजार ७८० कित्ता शेयरमा बोलपत्र आवेदन गरेको थियो।

इन्स्योरेन्सले संस्थापक तर्फको १ लाख ४६ हजार ५७५ कित्ता र सर्वसाधारण तर्फको ३ लाख ८३ हजार २०५ कित्ता शेयर लिलामी बिक्रीमा ल्याउने भएको हो। इन्स्योरेन्सको शेयर बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटल रहेको छ ।

लिलामी शेयरमा बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटल, नायणचौर नक्साल, एभरेष्ट इन्स्योरेन्सको मुख्य कार्यालय हात्तिसार, काठमाडौंमा बोलपत्र आबेदन पेश गर्न सकिनेछ ।

यस्तै सिद्धार्थ बैंकको विराटनगर, वित्र्तामोड, वीरगञ्ज, जनकपुर,, हेटौंडा, नारायगढ, पोखरा, बाग्लुङ्ग, घोराही, नेपालगन्ज, सुर्खेत, धनगढी र महेन्द्रनगरको शाखा कार्यालहरुबाट समेत बोलपत्र पेश गर्न सकिनेछ ।

इस्योरेन्सको शेयर भदौ ५ गते प्रतिकित्ता ३२० रुपैयाँमा दोस्रो बजारमा कारोबार भैएको छ। दोस्रो बजारभन्दा कम मूल्यमा बोलकबोल गरि शेयर लिलामीमा किन्ने अवसर लगानीकर्ताहरुलाई प्राप्त भएको छ।

शेयर बजार सुस्त भैरहेको समयमा बिक्रीमा लिलामी बिक्रीमा आएको शेयर लगानीकर्ताले सस्तो मूल्यमा नै बोलि लगाएर प्राप्त गर्नुसकेको खण्डमा लिलामी बजारबाट समेत फाइदा गर्नसक्ने सम्भावना देखिन्छ।

Read More
  • MBL - below news