राष्ट्र बैंकले लिलामीमा ल्याएको नेप्सेको सबै शेयर बिकेन, कर्मचारी सञ्चय कोष सहित दुई बैंकले आंशिक सकारे


  • KBL News Ad
  • ADBL
  • City Express
राष्ट्र बैंकले लिलामीमा ल्याएको नेप्सेको सबै शेयर बिकेन, कर्मचारी सञ्चय कोष सहित दुई बैंकले आंशिक सकारे

नेपाल राष्ट्र बैंकले लिलामीमा ल्याएको नेप्सेमा रहेको आफ्नो स्वामित्वको ३४.६० प्रतिशत शेयर स्वामित्वमध्ये करिब २० प्रतिशत शेयर स्वामित्व मात्र बिक्री भएको छ। कर्मचारी सञ्चय कोष, लक्ष्मी र प्रभु बैंकले सो परिमाणको शेयर किन्न बोलपत्र पेश गरेका हुन्।

राष्ट्र बैंकका प्रवक्ता लक्ष्मीप्रपन्न निराैलाले नेप्सेमा रहेको राष्ट्र बैंकको कूल शेयर ३४.६० प्रतिशत मध्ये तीन संस्थागत लगानीकर्ताबाट करिब २० प्रतिशत शेयरका लागि मात्र आवेदन परेको जानकारी दिए।

कुन संस्थाले कति मुल्यमा कति परिमाण कबुल गरेर बोलपत्र पेश गरेका थिए भन्नेबारे भने उनले बताउन चाहेनन्।

यससँगै नेप्सेमा अब कर्मचारी सञ्चकोष सहित दुई वाणिज्य बैंकहरु लक्ष्मी  बैंक र प्रभु बैंक शेयरधनी बनेका छन्।

राष्ट्र बैंकले १७ लाख २९ हजार ९८९ कित्ता शेयरमा बोलपत्र आह्वान गरेकोमा १० लाख कित्ता हाराहारीमा मात्र आवेदन परेको हो। ७ लाख बढी कित्ता शेयर भने अवितरित भएको छ। एक महिना अवधि दिएर सार्वजनिक बोलपत्र आह्वान गरेपनि सबै शेयर बिक्री हुन नसकेको हो।

Read More
  • EBL Ad news