बैंकिङ खबर । नेपाल राष्ट्र बैंकको दीर्घकालीन अवस्था अझै कठोर हुने देखिएको छ । जसको सुरुवात राष्ट्र बैंकले गरिसकेको छः कहिले संचालक र सीईओको उमेरहद तोकेर र कहिले फोर्स मर्जरका लागि विभिन्न कदमहरु चालेर ।
फोर्श मर्जर
नेपाल राष्ट्र बैंक कुनै पनि हालतमा वाणिज्य बैंकहरुलाई मर्जर गराउने सोचमा अघि बढेको छ । मौद्रिक नीतिमार्फत बैंकहरुलाई मर्जरमा जान सहुलियत दिएर प्रोत्साहन गर्ने भने तापनि राष्ट्र बैंकले मौद्रक नीतिकै कतिपय व्यवस्थाहरुले बैंकहरुलाई मर्जरमा जान बाध्य पार्ने देखिन्छ । मौद्रिक नीतिमा एक भन्दा बढी वित्तीय संस्थामा निश्चित प्रतिशतभन्दा बढी सेयर स्वामित्व हुने सेयरधनीहरु भएका बैंक तथा वित्तीय संस्थालाई मर्जर र प्राप्ती गर्ने प्राथमिकतामा राखी मर्जरमा जाने सम्बन्धमा आवश्यक व्यवस्था मिलाइने उल्लेख छ । यसै व्यवस्थाअनुरुप, मर्जर गराउन राष्ट्र बैंकले बैंकहरुसँग सेयरहोल्डरहरुको विवरण पनि मागेको थियो । यद्यपि, फोर्स मर्जर गराउने खालको क्रशहोल्डिङ देखिएको छैन । राष्ट्र बैंकले कति प्रतिशत क्रशहोल्डिङ भएकालाई मर्जरमा लैजान भनेर किटान गरेको छैन । क्रशहोल्डिङका आधारमा मर्जर गराउने अवस्था नभए राष्ट्र बैंकले अरु उपायको खोजी गर्नेछ । जसरी पनि वाणिज्य बैंकको संख्या घटाएर १४।१५ कायम गर्ने पक्षमा राष्ट्र बैंक रहेको छ ।