शाखा र कारोबार विस्तारमा छलाङ्ग मारेको एनआईसी एशिया बैंक(NICA)ले जोखिम ब्यवस्थापनमा उच्च सतर्कता अपनाएर गत आर्थिक वर्षमा उत्कृष्ट परिणाम निकालेको छ।
एनआईसी एशिया बैंकले आक्रामक रुपमा शाखा र कारोबार विस्तार गर्दा "अब यो बैंक डुबेर किष्ट बैंक जस्तै बन्छ" भन्नेहरुलाई चोटिलो जवाफ दिएको छ।
केही समय अघि राष्ट्र बैंकले अनुगमन गरी दुई अर्ब ८६ करोड रुपैयाँ नोक्सानी ब्यवस्था गर्न लगाएको र त्यसले बैंकको नाफामा ठूलो ह्रास ल्याउने भन्दै अफवाह फैलाईएको थियो, जसलाई बैंकको गत आर्थिक वर्षको चौंथो त्रैमाससम्मको वित्तीय विवरणले झुटो सावित गरिदिएको छ ।
एनआईसी एशिया बैंकका नायब प्रमुख सूचना अधिकारी अर्जुनराज खनियाले प्रेस बक्तब्य जारी गरी जनाए अनुसार बैंकले गत आर्थिक वर्षमा वार्षिक बिन्दुगत आधारमा २७ प्रतिशत अर्थात् ४६ अर्ब ७६ करोडको निक्षेप वृद्धिसहित वासलातको आकार दुई खर्ब १७ अर्ब ७० करोड पु¥याउन सफल भएको छ ।
कूल कर्जातर्फ यस आर्थिक वर्षमा वार्षिक बिन्दुगत आधारमा २५ प्रतिशत अर्थात् २९ अर्ब ५४ करोडको वृद्धि सहित १ खर्ब ५० अर्ब तथा निक्षेप संकलनतर्फ यस आर्थिक वर्षमा वार्षिक बिन्दुगत आधारमा १९ प्रतिशत अर्थात् २९ अर्ब ३६ करोडको वृद्धि सहित १ खर्ब ८० अर्ब ५८ करोड पुर्याउन बैंक सफल भएको जनाईएको छ। यहाँ प्रस्तुत तालिकामा ग्राहकको मात्र निक्षेप तथा कर्जाको विवरण प्रस्तुत गरिएको छ ।