सेयर भाउ सस्तो भएपछि लगानीकर्ताको आकर्षण बढ्न थाल्यो


  • Shangrila Dev Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
सेयर भाउ सस्तो भएपछि लगानीकर्ताको आकर्षण बढ्न थाल्यो

काठमाडौं : सेयर भाउ झनै सस्तो भएपछि लगानीकर्ताको आकर्षण थपिंदै गएको छ । सस्तो मूल्यमा सेयर कारोबार गर्नेहरुको संख्या थपिएको छ । सोही कारण खरिदबिक्री रकममा क्रमशः सुधार आउन थालेको छ । बजेटपछि निरन्तरजसो घटेको बजारमा अब पेनिक सेलिङ सकिएको विश्लेषण गरिएको छ । लगातार घटेको बजार सुस्त र स्थिरप्रायः पछि अब बाउन्स ब्याक हुने विश्लेषणहरु भइरहेका छन् । यसलाई कतिपयले बुल रन अघिको बजार प्रवृत्ति पनि भनेका छन् ।

सेयर बजार सीधा नभई बाँङोटिंगो गतिमा हिँड्छ । घटबढ बजारको नियम हो । लामो समयसम्म घटेकाले अब बढ्ने पालो आउने अनुमान गर्न सकिन्छ । तर लगानीकर्तामा धैर्यता आवश्यक हुन्छ । बजार घटेका बेला वित्तीय अवस्था अध्ययन गरी लगानी गर्न पर्याप्त समय उपलब्ध छ । यतिबेला अधिकांश सूचीकृत कम्पनीहरुले गत आर्थिक वर्षको रिपोर्ट सार्वजनिक गरेका छन् । यसर्थ, यी कम्पनीहरुको सुक्ष्म अध्ययन गरी सबल अवस्था भएका कम्पनी छानेर लगानी गर्न सके भविष्यमा राम्रो लाभ लिन सकिन्छ । 

Read More
  • MBL - below news