कैलाश विकास बैंक Kailash Bikas Bank Limited ले गत आर्थिक वर्षको अपरिस्कृत वित्तीय विवरण प्रकाशित गरेको छ । बैंकले आर्थिक बर्षको चौथो त्रैमास सम्ममा ६० करोड ५ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । अघिल्लो आर्थिक बर्ष ०७४/७५ को सोही अवधिमा बैंकले ५० करोड १९ लाख खुद मुनाफा कमाएकोमा गत आर्थिक बर्ष बैंकको नाफा १९.६४ प्रतिशतले बढेको हो ।
बैंकको वितरणयोग्य मुनाफा भने ४६ लाख रहेको छ । यस हिसाबले बैंकले लगानीकर्तालाई १८ प्रतिशत सम्म लाभांश दिन सक्ने देखिन्छ । राष्ट्र बैंकले तोकेको व्यवस्था अनुरुपको रकम विनियोजन गरेपश्चात कायम हुने फ्रि प्रोफिट बैंकले शेयर धनीलाई लाभांश वितरणमा उपयोग गर्न सक्दछ । तर नियामकीय पुनरावलोकनमा र थप प्रोभिजन तथा विगतको संचित र लेखापरिक्षण पछिको मुनाफामा तलमाथि भएमा वितरणयोग्य मुनाफाको आधारमा वास्तविक लाभांश क्षमता फरक पर्न सक्नेछ ।
समिक्षा अवधिमा बैंकले २७ अर्ब ७२ करोड ३२ लाख निक्षेप संकलन गरेको छ । जुन अघिल्लो आर्थिक वर्षको सोही अवधिको भन्दा ३९.९९ प्रतिशतले बढी हो । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा बैंकले १९ अर्ब ८० करोड ३७ लाख रुपैयाँ निक्षेप संकलन गरेको थियो । उक्त अवधिमा बैंकको कर्जा लगानी ३८.९४ प्रतिशतले बढेर २६ अर्ब ६६ करोड ३४ लाख पुगेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा बैंकले १९ अर्ब १९ करोड २ लाख कर्जा लगानी गरेको थियो ।