'१७ अर्ब अपचलनले बैंक समस्यामा पारेका कारण उमेरहद'


  • KBL News Ad
  • ADBL
  • City Express
'१७ अर्ब अपचलनले बैंक समस्यामा पारेका कारण उमेरहद'

नेपाल राष्ट्र बैंकले जनताको निक्षेप सुरक्षित गर्न र विभिन्न कोणबाट आएका प्रश्नलाई सम्बोधन गर्ने क्रममा ऐनको परिधिभित्र रहेर बैंक तथा वित्तीय संस्थाका अध्यक्ष र कार्यकारी प्रमुखको उमेरहद सम्बन्धी विषयअघि सारिएको जानकारी दिएको छ ।
 
प्रतिनिधिसभा, सार्वजनिक लेखा समितिमा नेपाल राष्ट्र बैंकका गर्भनर डा चिरञ्जीवी नेपालले ९२ प्रतिशत निक्षेप कर्ताको भावनालाई सम्बोधन गर्न बैंक तथा वित्तीय संस्थाका सञ्चालक समिति र प्रमुख कार्यकारी अधिकृतको योग्यता र सेवा अवधिकाबारे निर्णय लिएको जानकारी दिए ।

 राष्ट्रबैंकलाई बैंक तथा वित्तीय संस्थाको प्रमुख कार्यकारी अधिकृतको शैक्षिक योग्यतालगायत आधार तोक्ने, नियमन र सुपरिवेक्षण अधिकार रहेको बताउँदै उनले निजामती, स्वास्थ्य, न्याय, संवैधानिक आयोगको पदाधिकारीको सेवाअवधि र उमेरका आधारमा निकै लामो छलफलपछि मात्र बैंकको अध्यक्षको ७० र प्रमुख कार्यकारी अधिकृतको ६५ कायम गर्ने निर्णय भएको बताए ।
 
मुलुकको बैंकमा अहिले रु ३२ खर्ब ३५ अर्ब जनताको निक्षेप रहेको जानकारी दिँदै उनले त्यसमध्ये केवल ८।६ प्रतिशत मात्र शेर बंैक सञ्चालक सदस्यको रहेको छ भन्नुभयो । सञ्चालक समितिका पदाधिकारी निकै वृद्ध र  कार्यकारी अधिकृतको बढी कार्यकाल हुँदा आउनसक्ने जोखिम र अपचलनको पाटोलाई हेक्का राखेर परिचयपत्र गर्ने कार्यअघि बढाइएको सो अवसरमा जानकारी दिइयो ।
 

Read More
  • EBL Ad news