राष्ट्रिय वाणिज्य बैंकको नाफा ५ अर्ब नाघ्यो, अन्य सुचक कस्तो ?


  • Laxmi Sunrise Bank Ad
  • Prabhu Bank Limited (PRVU)
राष्ट्रिय वाणिज्य बैंकको नाफा ५ अर्ब नाघ्यो, अन्य सुचक कस्तो ?

ष्ट्रिय वाणिज्य बैंकले गत आर्थिक वर्षको अपरिस्कृत वित्तीय विवरण प्रकाशित गरेको छ । आर्थिक बर्षको चौथो त्रैमास सम्मको अपरिस्कृत वित्तीय विवरण अनुसार बैंकले पाँच अर्ब ३२ करोड ८३ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । अघिल्लो आर्थिक बर्ष ०७४÷७५ को सोही अवधिमा बैंकले तीन अर्ब ६५ करोड ९२  लाख खुद मुनाफा कमाएकोमा गत आर्थिक बर्षमा बैंकको नाफा करिब ४५.६१ प्रतिशतले बढेको हो । 

अपरिस्कृत वित्तीय विवरण अनुसार बैंकको वितरणयोग्य मुनाफा भने ३ अर्ब ६१ करोड ७३ लाख रुपैयाँ रहेको छ । पुर्ण सरकारी स्वामित्व रहेको बैंकको राष्ट्र बैंकले तोकेको व्यवस्था अनुरुपको रकम विनियोजन गरेपश्चात बाँक रहेको मुनापाm नेपाल सरकारले लाभांशको रुपमा उपयोग गर्न सक्नेछ । लेखापरिक्षण गर्न बाँकी रहेकोले माथिको मुनाफामा केही तलमाथि भने हुनसक्नेछ ।

समिक्षा अवधिमा बैंकले १ खर्ब ९० अर्ब तीन करोड १४ लाख निक्षेप संकलन गरेको छ । जुन अघिले आर्थिक वर्षको सोहि अवधिको भन्दा १५.७२ प्रतिशतले बढी हो । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा बैंकले १ खर्ब ६४ अर्ब २१ करोड तीन लाख रुपैयाँ निक्षेप संकलन गरेको थियो । उक्त अवधिमा बैंकको कर्जा लगानी २३.०३ प्रतिशतले बढेर एक खर्ब ४४ अर्ब ४५ करोड ४६ लाख पुगेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा बैंकले १ खर्ब १७ अर्ब ४१ करोड ४१ लाख कर्जा लगानी गरेको थियो । 

Read More
  • MBL