अपर तामाकोशी ५ करोडभन्दा बढी घाटामा


Aarthik Abhiyan 2076-4-29


Aarthik Abhiyan

साउन २९, काठमाडौं (अस) । गत आव २०७५/०७६ सम्ममा अपर तामाकोशी रू. ५ करोड ३९ लाख ४० हजार घाटामा रहेको छ । अघिल्लो आवको तुलनामा भने कम्पनीले घाटालाई कम गरेको छ । अघिल्लो आवमा कम्पनी रू. १० करोड २९ लाख ६९ हजार घाटामा रहेको थियो । 

यसै वर्ष सर्वसाधारणलाई समेत आईपीओ जारी गरी रू. १० अर्ब ५९ करोड चुक्तापूँजी कायम गरेको कम्पनीको जगेडा कोष रकम रू. ६४ करोड ५ लाख २५ हजार ऋणात्मक देखिन्छ । कम्पनीकोे दीर्घकालिन कर्जा रू. ३१ अर्ब ५० करोड रहेको छ । गत आवसम्ममा नेपाल विद्युत प्राधिकरणमार्फत नेपाल सरकारको रू. ११ अर्ब ५० करोड दीर्घकालिन ऋण प्राप्त भएको र उक्त ऋणमा रू. ५ अर्ब ५५ करोड ३६ लाख ५५ हजार ब्याज पूँजीकरण गरिएको कम्पनीले जानकारी दिएको छ । साथै, नेपाल विद्युत प्राधिकरणबाट रू. १ अर्ब अल्पकालिन ऋण प्राप्त भएको छ । कम्पनीको प्रतिशेयर नेटवर्थ रू. ९३ दशमलव ९५ रहेको छ । 

Read More
  • Financial Notices